~दिपशिखा शर्मा~
“मामु भरे म स्कुलबाट आँउदा मिठो खाजा बनाईदिईस्यो हस् ? मलाई स्कुलको खाजा मन पर्दैन के त्यही माथी पनि साथीहरुले जुठो हालिदिन्छन् । आजदेखि पानीपनि लान्न सबै टिफिन टाईम भन्दा अगाडी नै भ्याईदिन्छन् मैले एक घुट्को पिउन पनि पाँउदिन मामु ! सीन्ड्रेलाले मम्मीलाई मायाँलु पाराले सम्झाँउदै भनिन्” । हस् बाबा ! सीमरनले बोल्न गाह्रो भई भई सीन्ड्रेलालाई भनिन् । किन किन आज बिहानैदेखी उनलाई सन्चो थिएन । सकी नसकी छोरीलाई खाना बनाईदिएकी थिईन् । सीमरनको अनुहारमा सीन्ड्रेला प्रतिको मातृवात्सल्य छचल्किईरहेको थियो ।
मानौं आफ्नो सन्तानको खुशीको लागी उनी आफ्नो सम्पूर्ण शरिर न्यौछावर गर्न तयार छिन् । कठिन त्याग र तपस्याका वावजुद सीन्ड्रेलालाई जन्म दिएकी थिईन् सिमरनले । पहिलो सन्तानको रुपमा सीन्ड्रेलाको जन्म भएको थियो । हिजो जस्तै लाग्छ , सन्तान जन्माउन नसकेर समाजमा अलच्क्षिनी,बाँझी,अपुत्री आदी उपनामहरुले बिभुषित सीमरन पहिलो सन्तानको रुपमा सीन्ड्रेलाको जन्म भएपश्चात उनी माथी लागेका दागहरु क्रमशः मेटिंदै गईरहेका थिए ।
श्रीमानले पनि सन्तान नभएको बाहानामा दोस्रो बिवाह गर्नै लागेका थिए । कठीन संघर्ष डाक्टरसँगको सल्लाह र नियमीत चेकजाँचपछि बल्लबल्ल सीमरनको कोख भरिएको थियो । सीमरन खुसी थिईन् प्रथम पुत्रीको रुपमा लक्ष्मी भित्रीएकी थिईन् सीन्ड्रेला ।
हप्ता दिन महिना गर्दै दिनहरु बित्दैगए । सीन्ड्रेलापनि हलक्क हुर्किंदै गईरहेकी थिईन् । परिवारमा सबै खुसी थिए । जतीसुकै धेरै काम भएपनि फुर्सद निकालेर आफ्नी परीजस्ती छोरीसँग खेल्न सिद्धार्थ समयमै घर आईपुग्थे । तरपनि कुरा काट्नेहरुको समूह यथावत थियो । यो सिद्धार्थको सन्तान होईन । किनकी सिद्धार्थ बाबु बन्नै सक्दैन । सीमरनले पक्कैपनि डाक्टरको अनैतिक सम्वन्धबाट पेट बोकेर सन्तान पाएकी हो । हुदाँहुदा सीमरन माथी चरित्रहिन को बिल्ला लागि सकेको थियो । तर नखाएको बिष जतिसुकै लागेपनि उनी हिम्मत हार्ने पक्षमा थिईनन् ।किनकी पुरा परिवार अव सीमरन को साथमा थियो ।
हाम्रो समाजमा अरुको प्रगती माथी डाहा गर्ने रिस गर्ने र अन्तमा उसलाई निच र तल पार्न चरित्रहत्या सम्म गर्न पछि नपर्ने एउटा यस्तो पात्रहरुको बोलवाला छ जसको दिनचर्या अरुको कुरा काट्दैमा बित्दछ । कुरा नकाटी खाएको पनि पच्दैन । आँफु मेहनत नगर्ने तर अर्काको प्रगति उन्नतीमाथी ईष्र्यागर्ने खलपात्रहरुको कुनै कमि छैन यहाँ । त्यसै खलपात्रहरुको शिकार भएकी थिईन् सीमरन ।
तर सीमरनकी सासु अत्यन्त समझदार थिईन् । जसका कारण सिद्धार्थ सीमरनलाई जे पायो त्यही बोल्ने हिम्मत गर्न सक्दैनथे । येनकेन जिन्दगी चलीरहेको थियो । सिद्धार्थको आफ्नै प्राईभेट कम्पनी थियो । जसमा सिद्धार्थ जिउ ज्यान दिएर मेहनत गर्दथे । सीमरनको काम घर सम्हाल्ने अनि गुडीयाजस्ती छोरी सीन्ड्रेलाको स्याहार गर्नु र सासुको स्याहार गर्नु थियो । छोरीको जन्मपश्चात सिमरनको घरमा कुनै किसिमको कमी थिएन । सबै कुराले पुगीसरी आएको थियो । तसर्थ सीमरनकी सासु सीन्ड्रेलालाई लक्ष्मीको संज्ञा दिन्थीन् । परिवार हाँसीखुसी नै चलेको थियो ।
सीमरनको यो खुसी धेरैदिन टिक्न सकेन । एकदिन मध्यरातमा सिद्धार्थ अन्धाधुन्ध रक्सी पिएर घरमा आईपुगे । अनि बडो बिरक्तीएको पाराले सीमरनसँग कुरागर्न थाले । सिद्धार्थको लरबरीएको बोलिमा एक प्रकारको पिडा थियो उनी अर्धबिछिप्त अवस्थामा बोलीरहेका थिए
“वाह सीमरन वाह ! दुनियाँको आँखामा छारो हालेपनि झुट्टो आवरण ओढेर आँफुलाई जतिसुकै सती साबित्री हुँ भनेपनि पाप धुरीबाट कराँउछ बुझ्यौ ? तिम्रो पापको चिनो म माथी भिराएर आज आँफुलाई पानी माथीको ओभानो नठान म कुनैपनि हालतमा बेवकुफ छैन । कुनैपनि हालतमा म त्यो अपराध स्विकारेर बस्नेवाला छैन सीमरन ! तिम्रो त्यो पाप जसको हो त्यसैकहाँ जाउ प्लिज अव मलाई एक्लै छोडिदेउ । म एक्लै बाँच्न चाहन्छु ,अव मलाई तिम्रो कुनै जरुरत छैन” ।
सिद्धार्थको बहकिएको बोलीले उनकी आमा छाँगाबाट खसेजस्तै भईन् । सिद्धार्थ तँ यो के बौल्दैछस् ? देवीजस्ती श्रीमतीको चरित्रहत्या गर्न तँलाई आज कसले सिकायो ? सिद्धार्थ लरवरिएको आवाजमा जिद्धी गर्दै थिए,“मुमा हजुरपनि यो कलंकिनीको पक्षमा बोल्दै होईसिन्छ ? दुनियाँ सँग लसपस गरेर पाएको सन्तानलाई कसरी म आफ्नो भनुँ ? अर्काको रगतलाई कसरी आफ्नो छातिमा टाँसु ? कसरी मेरो छोरी भनेर समाजको सामु चिनाउँ ? टोल समाजलाई के जवाफ दिउँ ? मेरो अनुहार हेर्नासाथ सबै मुखामुख गर्दछन् खिस्याउछन्, गिज्याउँछन्, कुरा काट्छन् अनि पछि पछि मेरो बेईज्यत गर्छन् । एक दिन होईन दुई दिन होईन तीन दिन होईन छिमेकी टोल समाजको मुखमा बुजो कसरी लगाउने मैले ? समाजको तिरस्कार कती सहने मैले? नपुंसक र नामर्दको उपाधी पाईसकें मैले । अब यो घरबाट कि सीमरन जान्छे कि म जान्छु । कुनैपनि हालतमा म यो सँग बस्न सक्दिन । किनकी यसको पाप बेहोरेर म मेरो टोल समाज छिमेकी र ईष्टमित्रहरुबाट बहिष्कृत हुन चाहन्न” ।
त्यस दिन सीमरन लाई बचाउन कति सम्झाइन् सिद्धार्थकी आमाले तर दुनियाँको कुरा सुनेर एकोहोरो भएको सिद्धार्थको मन पग्लिएन । उनलाई छिमेकीहरुले एक किसिमको शंकाको बिजारोपण गरिदिएका थिए । कुनैपनि हालतमा सिद्धार्थ सीमरनलाई स्विकार्न तयार भएनन् । उनी श्रीमती र छोरी त्याग्न तयार थिए तर हाउगुजी फैलाएर अर्काको जिवन बर्वाद गर्ने समाजको बिकृत धमिराहरुसँग प्रतिस्पर्धा गर्न तयार थिएनन् । भोलिपल्टदेखि सिद्धार्थको दिनचर्या फेरियो । उनी रक्सी पिएर खुट्टा भुईमै टेक्न नसकिने गरी राती अबेर मात्र घरमा आँउथे अनि चुपचाप आफ्नो कोठामा गएर सुत्दथे । हप्ता महिना बर्षदिन बित्दै गयो । हुँदा हुँदा सिद्धार्थ घरै आउन छोडे ।
उनले छोरी र श्रीमतीको मुखपनि हेर्न चाहेनन् । श्रीमानमा एक्कासी आएको परिवर्तन लगातार सीमरनमाथी बर्षाएको घृणा,तिरस्कार,अपहेलनाको कारण सिमरन बिक्षिप्त भईसकेकी थिईन् । उनको हिम्मतले जवाफ दिईसकेको थियो । कति कोशिस गरीन् श्रीमानलाई सम्झाउन केही शिप लागेन । अन्ततः कठिन संघर्ष का वावजुद काखमा छोरी च्यापेर चुक घोप्टिएजस्तो कालो अँध्यारो सुनसान रातमा कसैलाई थाहै नदिई घर छोडेर अपरिचित स्थानतर्फ लागेकी थिईन् सीमरन ।
आज सिद्धार्थको घर छोडेर अन्तै डेरा गरेर बसेको पनि निकै बर्ष भईसकेछ । अतितका ति तिता घाउहरुले भत्भती पोलिरहेको थियो । खाँदै नखाएको बिष लागेको थियो सीमरनलाई । डाक्टरको सल्लाह लिएर सीमरनको बच्चादानी सफा गरेपछि मात्र सन्तान भएको थियो सीमरनको ।
कसै-कसैलाई २० बर्षसम्म सन्तान नभएर पनि सन्तान भएको छ । यसको मतलव यो होईन कि श्रीमान नपुंसक भएर सन्तान नभएको । श्रीमतीको पनि खराबी हुनसक्छ कतिपय केसहरु डाक्टरको नियमित चेकजाँच र उपचारपछि ठिक हुन्छन् । शिक्षित सिद्धार्थ सब कुरा थाहा पाएर पनि अन्जान बनेका थिए । उनलाई राम्रोसँग थाहा थियो की अलिअलि खराबी सीमरनको थियो त्यो पनि उपचार गरेर ठिक भईसकेको थियो । कसै कसैको बच्चादानी सानो र बिकसित भई नसकेको कारण सन्तान जन्माउन समस्या आउन सक्छ ।
तर उपचारपछि यस्ता कैयौं केशहरु ठिक भएका छन् । कति महिलाहरुका कोख भरिएका छन् । परिवारमा सन्तान प्राप्तिको खुसियाली छाएको छ । डाक्टरकोमा नियमित चेकजाँच गराउन सीमरन जान्थिन् । बिचमा एकपटक सिद्धार्थको पनि चेकजाँच भएको थियो । सिद्धार्थको कुनै समस्या थिएन । तर अन्धबिश्वास र कुसंस्कारले ग्रसित सिद्धार्थको गाँउ छिमेकमा यस बारेमा जनचेतना जगाईदिने मानिसहरु भएनन् । उल्टो मानिसहरुको हाँसो खुसी छिनेर परिवार नै अलग्याउने खलपात्रहरुको बोलवाला भयो । उनिलाई उपचार गर्ने डाक्टरको नै दोष लाग्यो सीमरनमाथी । कतैबाट सपोर्ट नपाएपछि निराश भएर सीमरनले जिवनको एक्लो बाटो रोजेकी थिईन् । उनको आत्मस्वाभिमानले कसैको बोझ भएर बस्न मानेन । किनकी उनीमा त्यो त्याग थियो । उनि सिद्धार्थ को खुसीको लागी आफ्नो प्राण समेत न्यौछावर गर्न तयार थिईन् । उनले सिद्धार्थको जिवनमा बाधा अवरोध खडा नगर्ने कठोर निर्णय गरिन् । फलतःसीमरन जस्ती पवित्र निष्कपट,निष्कलंक,नारीले घर छोडेर हिँड्नुपर्ने बाध्यता आयो ।
अनेक हण्डर ठक्करका वावजुद सीमरनले छोरी हुर्काईन् , बढाईन् ,पढाईन् अनि स्कुल जान लायक बनाएकी थिईन् । उनलाई लाग्थ्यो सिद्धार्थ उनी र छोरीलाई लिन एकदिन जरुर आउनेछन् । समयसँगै उनको आँखामा लागाईएको कुसंस्कार र अन्धबिश्वासको कालो पट्टी हटेर जानेछ । अनि प्रायश्चितको आँसु लिएर माफी माग्न एकदिन अवश्य आउनेछन् उनि । किनकी सीमरनको सिद्धार्थप्रतिको प्रेम पवित्र थियो । उनी सिद्धार्थकै सतमा बसेकी थिईन् । उनलाई आफ्नो पवित्र प्रेमप्रति बिश्वास थियो । दिनहरु बित्दै गए । तर सिद्धार्थ आएनन् । आखिर छोरीको भविष्यको लागि पनि केहि गर्नुपर्ने दृढ अठोटकासाथ ज्याला मजदुरी गरेर अलिअलि बचाएको पैसाले केही सिलाई मेशिनहरु किनिन् उनले । अनि एउटा टेलर्स खोलेर ३ जना सहयोगी राखी लुगा सिलाउने काम गर्न थालिन् ।
“सीमरन लुगा सिलाएर छोरी र उनको जिवन निर्वाह गर्दै आईरहेकी थिईन् । धेरै दिन पश्चात् उनि एकाएक बिरामी परिन् । अव उनि कामगर्न सक्ने अवस्थामा थिईनन् । बिस्तारामा पल्टेर अतितको नुनिलो सागरमा डुबुल्की मार्दै थिईन् । जीवनरुपी उतारचढाव अनि साँघुरा गोरेटा गल्छेडाहरु पार गर्दै आज यो अवस्थासम्म आईपुगेकी थिईन् उनि । पहिलो सन्तान प्राप्तिसँगै एकाएक बदलिएको श्रीमानको रुप तिरस्कार र घृणाका बर्षाहरुमा निथु्रक्क भिजेर हालतको सामना गर्दै अवोध छोरी सीन्ड्रला हुर्काएकी थिईन् । आखिर उनले यो सब किन गरे ? पापी समाजसँग प्रतिस्पर्धा गर्न नसकेर एउटी निर्दोष निरअपराध जीवन सँगिनी लाई घरबाट निकालेका थिए उनले । उनिसँग हजारौं प्रश्नहरु थिए सिद्धार्थसँग सोध्न । उनि त्यसको जवाफ पाउन चाहन्थिन् तर सिद्धार्थ साथमा थिएनन् । उनिको यो चाहना अधुरो नै रहलाजस्तो लाग्यो सिमरनलाई । किनकी पुनः सिद्धार्थको खोजी गरेर आफ्नो मनको खुलदुली मेटाउने सिमरनको सपना अव कहिल्यै बिपनामा परिणत हुने सम्भावना थिएन । गभ्भीर रोगले थलिएकी थिईन् उनी ।
मुटुको क्यान्सर लागेको थियो उनलाई । औषधी उपचार गर्नपनि सक्ने अवस्था थिएन । उनको दुःख र पीडामा सहारा दिने कोही थिएनन् । उनलाई जसरी भएपनि सिद्धार्थको नासो जिम्मा लगाउने अन्तिम धोको थियो । उनको साथमा अवोध छोरी सीन्ड्रेला मात्र थिईन् । गहुँ गोरी, राता गाला ,काला आँखा,सलक्क परेको लामो बाक्लो कपाल,मिलेका दन्त,सलक्क परेको शरीर बिल्कुल स्वर्गकी परीलाई मात दिने सौन्दर्य । मल्ल खानदानको चिराग । सिद्धार्थको रगत । तर काशः उनको त्यो नासोलाई स्विकार्ने कोही थिएन । किन– किन आज उनलाई निकै गाह्रो भएको थियो । छोरीको मुखपनि देख्न पाँउदिन की जस्तो लागेको थियो । डुब्न लागेको जुनजस्तै भईसकेकी थिईन् सीमरन ।
परी जस्ती छोरी सीन्ड्रेलालाई अंकमाल गर्ने म्वाई खाने,हेरचाह गर्ने उनको परिवार कोही थिएन । बालसुलभ भावनालाई बुझ्ने अनि उनका आधारभुत आवश्यकताहरुको परिपुर्ती गर्ने अभिभावक थिएनन् । सीमरनको एकल प्रयासले सिन्ड्रेलाको भविष्य सम्हार्ने कसम खाएकी सीमरन दिनपरदिन कमजोर बन्दै्र गएकी थिइन् । उनको हिम्मतले जवाफ दिईसकेको थियो । उनि निकै गलिसकेकी थिईन् ।
अतितका यादहरुमा डुबुल्की मार्दा मार्दै कतिबेला साँझको ५ बजेछ सीमरनलाई पत्तै भएन ।
ढक ! ढक !! ढक !!! कसैले बाहिरबाट ढोका ढक्ढक्याईरहेको थियो । सकी नसकी ओछ्यानबाट घिस्रेर ढोका खोल्न पुगिन् । अचम्म ! सीमरन आश्चर्यचकित भईन् । सीमरनको कल्पनाभन्दा बाहिरको कुरो ! शायद उनको अन्तिम ईच्छ्यालाई पुरागर्न भगवानले दुत पठाएका हुुन् की जस्तो । छोरी सीन्ड्रेलासँगै एउटा दाह्रीवाल उभिएको थियो । सेतै फुलेर काँसजस्तै भएका कपाल,दुःखीत,चिन्तीत र चाउरीपरेको अनुहार,मैला लुगा, सुख्खा बिरक्तीएका आँखामा पश्चातापको भावना लिएर सिद्धार्थ उभिएका थिए । सीन्ड्रेला किंकर्तब्यबिमुढ भएर मम्मीलाई हेरीरहेकी थिईन् । उनको ओठबाट सिर्फ एक शब्द मात्र निस्कीयो । मामु वहाँ हजुरलाई खोज्दै मेरो स्कुल गईसेको रहेछ । अनि लिएर आएको ………चिनीसिन्छ ?
सीन्ड्रेलाले मामुलाई डो¥याएर बिस्तारामा सुताईदिईन् । सीमरनका आँखाबाट अनायस बलिन्द्र धारा आँसुहरु बगिरहेका थिए । उनि ज्यादै कमजोर देखिन्थिन् । उनका हातखुट्टा लगलग काँपीरहेका थिए । जिवनको अन्तिम अवस्थामा थिईन् उनि । ठुलो स्वरले बोल्नसक्ने अवस्थामा पनि थिईनन् । सिद्धार्थले दुःखी हुँदै सीमरनलाई तलदेखि माथीसम्म हेरे । गडेका आँखा,दुब्लो,पातलो,अनि ख्याउटे अनुहार…………..शरीरमा एकथोपा रगतपनि थिएन । तेल सकिएर निभ्न लागेको बत्तीजस्तो भएकी थिईन् सीमरन । त्यो कोमल सौन्दर्य त्यो रुप,त्यो निखार,आकर्षक शरिर,निला आँखाहरु…….जसबाट सिद्धार्थ प्रभावित भएका थिए ……सो अव थिएन । वास्तविक सीमरनको शरीर उहिल्यै गायब भईसकेको थियो ।
दुबैले एक अर्कालाई मुश्कीलले चिन्नसके । सीमरन ओछ्यानमा थला परेर पल्टेकी थिईन् । पश्चाताप र आत्मग्लानीले सिद्धार्थको अनुहार कालो निलो भएको थियो । सीमरनको यो हालत गराउनुमा उनि स्वयं लाई दोषी सम्झे । आँफुलाई माहाअपराधी सम्झे तर अव पछुताएरपनि केहि हुनेवाला थिएन ,सबथोक सकिसकेको थियो । सीमरन बोल्न सकीरहेकी थिईनन् उनलाई गाह्रो भईरहेको थियो,चिटचिट पसिना आईरहेको थियो । सिद्धार्थले सिमरनलाई दुुबै हात जोडेर उभिरहेका थिए । बोल्न खोज्दापनि बोल्न सकिरहेका थिएनन् । मौनतालाई तोड्दै भक्कानिदै ग्वाम्लाङ्ग सीमरनलाई अँगालो हालेर हिक्क हिक्क रुँदै भने “सीमरन मलाई माफ गरिदेउ प्लिज !…………मैले लक्ष्मीजस्ती मेरी श्रीमतीलाई चिन्न सकिन । दुनियाँका कुरा सुनेर शंकै शंकामा स्वर्गकी अप्सरा जस्ती श्रीमती र छोरीलाई तिरस्कार गरें । म पापी हुँ अपराधी हुँ……..जे सजाँय दिनु छ देउ प्लिज……….. म त्यो भोगेर बस्नेछु ………सीमरन सिद्धार्थको बाहुपाशमा बाँधिएर धरधर रोईरहेकी थिईन् उनले बल्ल बल्ल आफ्नो मनलाई सम्हाल्दै सकि नसकी थकित स्वरमा भनिन् सिद्धार्थ ! …….अब म सँग तिमीलाई माफी दिन लायक कुनै चिजहरु छैनन् । तिमी पश्चाताप र आत्मग्लानीले मलाई र छोरीलाई खोज्दै यहाँसम्म आयौ त्यो नै सबभन्दा ठुलो प्रायश्चित हो । भगवानले तिमीलाई माफी दिईसके ।
तर…..तर सिद्धार्थ ज्यादै ढिलो भईसक्यो …… मैले तिमीलाई धेरै कुरें । अव तिमी आयौं मेरो दिल शान्त भयो । तिम्रो नासो बुझाउन तिमीलाई पर्खेर बसेको सिद्धार्थ………..बल्ल अव म शान्तीले जान पाउने भएँ……..अव म सँग समय छैन…….. म जाँदै छु टाढा…….धेरै टाढा….. सिद्धार्थ….. तिम्रो छोरी सीन्ड्रेला……हामी दुईको मुटुको टुक्रा अमुल्य नासो को रुपमा तिमीलाई बुझाँउदै छु । भगवानले हामीलाई दिएको अमुल्य उपहारलाई राम्रो स्याहार सुसार गर्नु मायाँ गर्नु प्लिज……..सि….द्धा………..र्थ……म….. म अब…. जाँ…उ है आह…..? सीमरनको श्वाशप्रश्वास छिटो छिटो बढ्दै गयो । भयानक अनुहार लिएर उनले सीन्ड्रेलालाई डाकिन्……… सिन्ड्रे ………ला ! यहाँ आउ मेरो……….बाबा….. ! मेरो प्राण……. ! …….. आह……..सीमरनले सकी नसकी सीन्ड्रेलाको हातमा चुम्बन गर्न खोजीन् तर सकिनन् !…………..सीन्ड्रेलाले रुँदै मामुलाई अँगालो हालीन् मामु के भयो ? मामु प्लिज बोलिस्यो न मामु ? ……..सीमरनका आँखा एकोहोरा भईसकेका थिए एकटंकार सँग सिद्धार्थलाई हेरीरहेकी थिईन् उनी……..सिद्धार्थले सीमरनको नाडी छामे, लुला भईसकेका हातखुट्टा मालिस गरे………..कपाल पन्छाईदिए…………तर सीमरन बिस्तारै चिसी हुदै गईरहेकी थिईन्……………।
मानौ उनका बाक्यहरु सबै अधुरा थिए । उनि त्यसलाई पुरागर्न चाहन्थीन् तर प्राण पखेरु उडिसकेको थियो । सिद्धार्थले सीमरनलाई अन्तिमपटक चुम्बन गरे । अनी दुबै आँखा बन्द गरिदिए । उनीअवाक् भएर सीमरनलाई हेरीरहेका थिए । अब चिर निद्रामा सुतीरहेकी थिईन् सीमरन । गोधुली साँझमा सिमरन एकलाजवन्ती नारीझै सिद्धार्थको बाहपाशुमा शान्त भएर बिश्राम गरेजस्तो आभास हुन्थ्यो । मानौ उनि यस समाजका दुष्ट धमिराहरुबाट उन्मुक्ती पाएर सन्तोषको निद्रा निदाईरहेकी छन् । जहाँ कुनै किसिमको छल कपट थिएन……….. दुःख दर्द र पिडा थिएन………घृणा र तिरस्कार थिएन………. थियो त केवल मानसिक शान्ति अनि मुक्ती !
त्यो हृदयबिदारक घटनामा सहानुभुती दिने त्यहाँ कोही थिएनन् । सिद्धार्थका आँखाबाट अबिरल अश्रुधारा बगिरहेका थिए । सीन्ड्रेला मामु ……मामु भन्दै सीमरनलाई झक्झक्याँउदै रोईरहेकी थिईन् सिद्धार्थले छोरीको आँसु पुछिदिए अनि आफ्नो छातिमा टाँस्दै भने सिन्ड्रेला ! मेरो छोरी ! मेरो साहारा ! मेरो मुटुको टुक्रा ! मलाई माफदेउ छोरी ………! सीन्ड्रेलाको मुखबाट अनायस निस्क्यो, बाबा…… !”
काशः ……एक पतिब्रता स्त्रीको दुखद निधन भईसकेको थियो । सीमरनको मृत शरिर अगाडी बाबु छोरी धरधर रोईरहेका थिए । ईश्वर पनि कती निष्ठुरी हुन्छन् कुन्नी ? बल्लबल्ल एक भएका परिवारको माउ चुडेर लगिदिएका थिए । यो कस्तो परिक्षा थियो ?कस्तो संजोग थियो ?आखिर यो कस्तो मिलन……..?बर्षौ बर्षसम्म एक अर्काको यादमा तड्पिएर,छट्पटिएर रहेका प्रेमिल जोडिहरुको भेटभएकै दिन एकको दुखद अन्त्य हुनुपर्ने ? अँध्यारोलाई चिरेर उज्यालोको खोजिमा दिनरात छट्पटाईरहेकी सीमरन,पश्चातापको आगोले छट्पटाएर श्रीमती र छोरी खोज्दै पागलसरी भौंतारिएर हिंडेका सिद्धार्थ,बाबा मम्मीको सुखद मिलनको खुशी साट्न बसेकीबिचरी छोरी सीन्ड्रेला ! कस्तो भाग्य लिएर आएकी थिईन् कुन्नि? बल्ल बल्ल बाबा मम्मीसँग भेट भएको दिनमै प्राणभन्दा प्यारी आमा गुमाएर टुहुरी हुनुपर्ने ?सुखद क्षणको अहसास हुनै नपाई पुनः दुखको सागरमा डुब्नुपर्ने ? किन ? ईश्वरपनि कति निष्ठुरी ? सधैं तिम्रो मात्र हाँसो खुशी छिन्नुपर्ने ? ओह ! तिमीमाथी मात्र सधैं किन यस्तो हुन्छ सीन्ड्रेला ?
२०७२/०५/१०
काठमाडौं
(स्रोत : Janaboli)