मैले बनाएको घर जस्तै म पनि थोत्रो र बुढो भएको छुँ । अब त्यो घरमा बस्ने मेरो अधिकार ‘छ, छैन ?’ प्रश्न उठ्न थालेको छ ।
मेरा उत्तराधिकारीहरू भन्न थालेका छन्, ‘ यो घर उनीहरूको हो ।’ हो पनि, घर मरम्मत, सह्यारसम्भार, सुग्घर सफाइ गरेर घर सुन्दर राख्नमा उनीहरूको ठूलो योगदान छ । म नबसे पनि उनीहरू यो घरमा बसिरहने छन् ।
घर भत्कियो भने मलाई भन्दा बढि उनीहरूलाई नोक्सान हुनेछ । उनहरू घरबारविहीन हुनेछन् । तसर्थ पनि उनीहरूको मान्यता छ , ‘घर भइरहनु पर्छ ।’ तर विवाद छ , घर कस्को ? घर बनाउने मेरो कि उनीहरूको ?
सबै जीवितहरूको जस्तै घरमा वा पृथ्वीमा बस्ने मेरो अवधि धेरै छैन । घर उसैको हो जो त्यहाँ बस्छ । बसुन्जेल उसले ‘आफ्नो घर’ भन्छ तर अन्तमा घर उसको पनि हुँदैन ।
र, अब मैले आफूले बनाएकै भए पनि घरलाई ‘आफ्नो घर’ भन्न छाडेको छु । घर जस्तै जीवन पनि आफ्नु ‘आफ्नो जीवन ’ हुँदैन भन्ने बुझ्न थालेको छु |
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: लघुकथा : आफ्नो घर | swamisubashchandra