त्यो मादल
बाजेले बजाउदा मजाले घन्कनथ्यो
आज मैले बजाउदा किन रुन्छ हँ
सयपत्रीको रंगसंग
खेल्दाखेल्दै कहिले पोल्टोबाट हराएछ
बोजुको त्यो मिठो मुस्कान
अनि
त्यो पोल्टोमा मिठाइ छ भनि पर्खिरहने मेरो बालखपना
हिड्दा हिड्दै छुटेछ
अक्षर बोक्न
आमाले किनिदिनुभएको बुट्टे झोलासंगै .
बाजे यो मादल बजाऊ त …
नयाँ टुसा
माटोबाट पुलुक्क टाउको निकाली भान्छ .
साँझमा बत्ती गएको बेला
यो संस्कृतिको दियो जलाउन
छ्यास्स माचिस पार्छु
तर कोपिलाले फू.. फू..गर्दै गरेको हुन्छ .
(स्रोत : रचनाकारको ब्लगबाट सभार )