~कविराज मगर~
नेताहरुको आवाज पनि फेरीने भो अब
देशमा के के हुन्छ को नि हेरिने भो अब ।
चर्किएको आन्दोलनले व्यतित छ देश
पूर्व पश्चिम उत्तर दक्षिण नाका घेरिने अब ।
ज्युदै मर्ने भए जब गरिब जनताहरु सबै
भोक मरीले पुरै देश नेपाल बेरिने भो अब ।
चुलो बल्नै छाड्यो ग्यास भए पो बल्थ्यो
दाउरा पनि सकियो मन्त्रीलाई केरिने अब ।
तराई सबै अन्धकार छ बन्द र हड्ताल छ
नेपालीले नेपाली कै घाटी सेरिने भो अब ।
कविराज मगर
दिप्लुङ १ केराबारी
खोटाङ
(स्रोत : Nareedarpan)