~मानन्धर अभागी~
मैले गरेको उनीसित प्यारमा नाकावन्दी
मेरो त के कुरा भयो सरकारमा नाकावन्दी
डेरावाले छिमेकी त्यो सरोकार नै थिएन
हाम्रो घर कलह , के को आधारमा नाकावन्दी
हृदय नि कालो रै छ , मान्छे पनि कालै रैछ
कस्तो सानो मुटु होला विचारमा नाकावन्दी
सिङ्गै निल्ने विचार रै छ विस्तारै नाडी छाम्दैछ
मुटु छाम्ने खातिर व्यापारमा नाकावन्दी
जिन्दगी यहाँ धराप भो सतीको त्यो सराप भो
दाजुभाइ आफू आफै काटमारमा नाकावन्दी
यहाँको कानुन जस्तै हो सक्नेले जे गरेनी हुन्छ
साना राष्ट्रहरू आज संसारमा नाकावन्दी ।
मानन्धर अभागी
(स्रोत : Nareedarpan)