बोलाउ भने छैन हजुर चिन्जानी भएको
नबोलाउँ त आधी मुटु चोरी सकेको
ए गोरी तिमी बोलन मलाई माया गर्छु भनन
परेवी आँखा ओठ नि सादा चुल्ठी है बाटेकी
सोह्र बर्षे जवानीले मन मेरो चोरेकी
ए मोरी दिल खोलन मलार्ई माया गर्छु भनन
सुकुमारी पाखुरीमा छन्छनी चुरा सुहाउँला
केशराशीको खाली शिउँदो सिँदुरले सझाइ दिउँला
ए गोरी जोवान सुम्पन मलाई माया गर्छु भनन
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )