~पुष्प अधिकारी ‘अञ्जलि’~
कोही गयो मेरो दिलमा आगो लगाएर
कहिले रुने कहिले हाँस्ने पागल बनाएर
पराई सम्झयौ नाता तोडयौ खुसी पनि लुट्यौ
तिमीले मेरो जिन्दगीमा आँधी चलाएर
इशाराले बोल्दा रैछन अचेल तिम्रा आँखा
पहिलो भेटमा नजर जुध्यो गयौ शर्माएर
देख्न बाँकी सपनाहरू कति थिए कति
मध्यरातमा पाउजु बजाइ गयौ ब्युँझाएर
माया गर्नु थिएन भने खुसी दिनु थिएन भने
झुटो माया किन गर्यौ ब्यर्थ मलाई तडपाएर
आगो दियौ प्यास दियौ दर्द दियौ छाती भरी
आज मैले बाँच्नु पर्यो आफ्नै मुटु जलाएर
(स्रोत : KhabarChitwan)