पैले जस्तो छैनौ तिमी भिन्न देख्दैछु
निधारमा निरासाको चिन्ह देख्दैछु
एक्लो कतै परिहाले के भो सोध्दथ्यौ
हाँस्दै हाँस्दै सम्झाउँथ्यौ मिठो बोल्दथ्यौ
त्यो मुहार आज के भो ? खिन्न देख्दैछु
निधारमा निरासाको चिन्ह देख्दैछु
लामो यात्रा जिन्दगीमा साथी बनेर
संगै हिंड्नु छ नि प्रिया जाती बनेर
पढेँ आँखा साथ किन ? दिन्न देख्दैछु
निधारमा निरासाको चिन्ह देख्दैछु
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )