~रामप्रसाद पोखरेल~
युवा युवतीहरु अबता, देखिन छाड्यौं यहाँ,
छैन सीपको मान अहिले, बसेर के गर्नु त।
शिक्षा दिक्षा दिएर जगत्मा,आँखा उघारी दियौ,
आमा बा सज्जन गुरुहरु,श्रमलाई बिदेसियौँ।।
(१)
छैन शान्ति सुशासन यहाँ,भरोसा कस्को छर,
पिठयूँ फर्काउँछ बन्धू जहाँ, पराया हुन्छ घर ।
छैन जान विदेश मनता, छोडेर एक्लै यहाँ,
मार्ग छैन सन्ततीहरुका, खोस्रेर खाँने कहाँ।।
(२)
डाहा अति लिएर मनमा, पराया देशै पुगेँ,
सर्म नमानी म समयमा, श्रमको अर्थै बुझेँ।
डाँडाकाँडा हरिया पहाड,खेलेर खाको कुरा,
एकान्तमा पाउँछु जब म,घोचेर दिन्छ पीडा।।
(३)
नेपाली जनहरु पहिले, चिनिन्थे वीरताले,
हे ईश्वर जन्मायौ तिमीले,ब्यर्थै भो जीवन ऐले।
साग सिस्नु सितल जल त्यो, पाईन्न खोजीत्यहाँ,
मन्को दर्द खपेर सबले, छोडेर जाउँन् कहाँ।।
(४)
गह्रौँ शिरपारेर सहूको, पवहिला बढी गयो,
थपौ पीर कसरी घरमा, बोलेर जति भयो ।
जेजे हुन्छ सहे बसुला, समय चक्रै बुझी,
फेरि पनि पराया जगत्मा, आईन्न एक्लै लुकी।।
(५)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )