~अमृत खनाल~
भावमञ्जरी भित्र
सम्झनाका विस्तरा लगाएर
निद्रेश्वरी देवको पर्खाइमा
घरि दायाँ घरि बायाँ गरि
कोल्टे फेरी निदाउछु
म तेही मदहोस भएको
मौका छोपी तिमी मेरो
सपनीमा आउछौ
अनेकौं भेष
अनेकौं चाल
अनेक -अनेक दिनमा
ए मेरी सपनी कि परि ।
कहिले तिमी
गुलाफी ओठमा मन्द मन्द
रातो लिपिस्टिक
कालो बादलु झै केश
आँखा सुर्यका नेत्र जस्तो
दाँत चाँदीका झै पारी
लामा लामा हात
हातै भरी सप्त रङ्गि चुरा
शरिरमा पुरै ऋतु समेटिने
आचल बेरेर
नागिनी झै चाल
सा रे ग म को ताल
तेही धुनमा तिमी
कम्मर लचक्क मर्काई
एउटा हात शिरमा
अर्को दायाँ कम्मरमा राखि
स्वर्ग लोकमा ईन्द्रका माजमा
नाच्ने अप्सरा झै तिमी
त्यसै गरि नाचि
मेरो मनमा ईन्द्रियता जगाई
फुत्त जान्छौ
मलाई उराठ-उराठ भनाई
ऐ मेरी सपना कि परी ।
फेरि अर्को दिन
छोटा-छोटा कपडा लगाई
केश पुरै रातो- खैरो पारी
आँखी भुई त पुरै
धानमा झार उखेले झै
ओठमा पनि दुई रङ्ग दलेर
छाती पनि त पुटुक्क पार्ने
कम्मर खुल्लौ
कम्मर भन्दा मुनि
दुई बित्रा मात्र छोप्ने
नयाँ चल्तिको माकुरे लुगा
लगाएर तिमी
मेरै आँखा अघि रङ्गमञ्च बनाएर
अनेकौ कला देखाउ छौं
मलाई उभ्री छिनाल पार्न
आदि रातमा निडर भई जाने
साच्चै तिमी यहि युगकी
परी होलौ मेरो
सपनामा आउने
ए युग परी!
हिजो त झन्
अश्लिल चलचित्रमा
भुमिका खेल्ने स्त्री झै
निवस्त्र भई आयौं तिमी
आँखु पुरै नसालु थिए
तल्तो ओठलाई
दाँतले टोकेर
मई तिर आउदै थियौँ
त्यो रूपको वर्णन
कस्ले गर्न सकेको थिए
र मैले गरू
न राम्री भन्दे न नराम्ररी भन्दे
मात्र देखेर थुक निल्थे
मैले पनि सायद त्यही गरेछु
क्यारे मुख मिठाई
र्र्याल चुहाएर
त्यति खेर म चुम्बक तिमी फलाम
सिधै मेरो शरिरमा टाँसिएर
मेरो कुमार तत्व लुटेर
तिमी स्यालले कुखुरा
टिपे झै गरि फरार भयौ
ए! मेरी सपनाको परी!!
अमृत खनाल
मेलम्ची १३ सिन्धुपाल्चोक
हाल मलेसियामा
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )