माथी सगरमाथा देखी,
बिस्तारै सुसाउँदै आएको,
मानौ मेरो लागी केही ल्याउँदै छ ।
एक मनले त भन्छ,
कतै कोयेलीको सुमधुर आवाज त हैन..?
बादलका घुम्टाहरु सँगै पौंठेजोरी खेल्दै
पाहाडी जंगलका चिसा सिरेटाहरु,
अनि चिर्बिर गर्ने चरा-चुरुंगीका,
आवाजहरुलाई पनि छिचोल्दै,
एक तामासले प्रकृती सँगै बिद्रोह गर्दै,
जसरी आकासमा रकेट उड्दा,
स्वंँुआआआआआ गर्ने एक-तमासको आवाज
बाटोमा गुड्ने गाडीहरु,
सय माथीको गतीमा कुद्दा,
त्यसबाट निस्किने ध्वनिहरु,
खुनि शासकले नर-संगार गर्दा,
त्यसबाट निस्कने चित्कारहरु,
बिपत्तीले मृत्युको संघार टेक्दा,
त्याँहा बाट निस्कने पिडाहरु,
आज आउँदै छन,
मेरो कानमा……!
त्यसबाट निस्कने ध्व़निहरुले
बिस्तारै अनि सुटुक्क मेरो कानमा भन्छ,
तेरो देशलाई त बैंश आएछ…..!
गणतन्त्रको बैंश आएछ,
लाटोलाई पापा भने जस्तै,
साधुलाई बस्त्र नदिनु भन्या जस्तै,
बालकलाई खेलौना दिए जस्तै
बाँदरले नरिवल पाए जस्तै,
त्यो बैंश तेरो देशले पाएछ,
बाँदरले नरिवल पाए जस्तै,
तेरो गणतन्त्रको बैंश,
भुँई भरि छ्व़ातछुल्ल पारेछ ……!!!
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: कविता : मेरो देशको बैंश | swamisubashchandra