~परिता राजभण्डारी~
मेरो सपनाको संसारमा, तिम्रो आगमन को अनुभुति मात्रले
नाचिदिन्थ्यो मेरो मन मयुर झैं, तिम्रो स्पर्शको कल्पना मात्रले। 2
बिपनमा मेरा यि प्यासी नयनहरु, तिमीलाई खोज्दै यताउता नाची रहेका हुन्थे
अनि मेरा यि दुई पाउहरु अनायासै, तिम्रो छांया तिर डोरिईरहेका हुन्थे।
तिमीसँग भबिष्य का सफरहरु, संगै तय गर्ने अभिलाशा थियो
समयका अवछिन्न गति संगै, झन झन मौलाउंदै गएको थियो।
तर सधैं शान्त र गम्भिर स्वभाबले चिनिएकी, म मा कुनै फरक देखिएन
मन भरिका ज्वार भाटा मनमै रह्यो, प्रकट गर्ने हिम्मत् कहिल्ल्यै भएन।
मैले आफ्नो कल्पनाको परिधिमा आफुलाई, सिमित राखेर बांचेकै थिंये
सिर्फ सोचमा मात्र तिमीलाई पाएर पनि, रमाएर हांसेकै थिंए।
भन्छन दुई आत्माको मिलन त, पहिले नै तोकिईसकेको हुन्छ
को कस्को हुने वा नहुने, यो त पहिले नै लेखिईसकेको हुन्छ ।
पटक्कै थाहा थिएन मलाई त मेरो प्रिय, तिम्रो सोच मेरो सोच एकै रहेछ
अनि हरेक कदम कदममा मेरो, तिम्रो त अभिन्न साथ रहेछ । 2
१०-६-२००६
(स्रोत : Ianws.org)