~भ्लादीमिर सोलोभ्योभ~
अनु. कृष्णप्रकाश श्रेष्ठ.
अदृश्य सिक्रीले हामी बाँधियौं कि जुनीभर,
सके किनारमा अर्कै लोकको पो कतैतिर ।
घुम्नै पर्दछ हामीले स्वयं बन्धनमा परी,
कोरेथ्यो विधिले हाम्रै निम्ति जो चक्र हर्घडी ।।
यहाँ सारा कुराभित्र दैवेच्छा नै छ व्यापक,
हामी जो सिर्जना गर्छौ त्यस्को अर्कै छ कारक ।
गर्नैपर्दछ सत्कार्य निरासक्त रही सधैं,
ननिभ्ने दिव्य आगो नै दन्केको छ जताततै ।।
(२९ जून ः २८ अक्टोबर, ई.सं. १८७५)
(रुसी कविताको नेपाली अनुवाद) – रजतयुगका रुसी कवि भ्लादीमिर सोलोभ्योभ(ई.सं. १८५३ ः १९००)
(स्रोत : Freenepal)