~डा. मधु माधुर्य~
परेलीभरि उठाउँदै छाल आउँछन् सपनीहरु
आशाको बोक्दै सुन्दर उपहार आउँछन् विपनीहरु
न आयौ तिमी हरियाली याममा, जब पूmल फुल्दछ
न आयौ तिमी जूनेली रातमा, जब जून खुल्दछ
यात्राको लामो अन्तरालमा
संगै भोगेका आरोह अवरोहहरु
जीवनका गाथा कथाहरु
तिमीलै गाएका गीतहरु
पाना बनेछन् इतिहासका सबै
संगै बाँडेका प्रीतहरु
तिमी त फगत् स्मृतिमा बाँचेका रहेछौ
तिमी त फगत् सपनीमा आउने रहेछौ
खोजिरहेथें हरहमेशा क्षितिज,
मेरो गोरेटोमा कहिल्यै फेला परेन क्षितिज
त्यही तिम्रो प्रणको क्षितिज
जहाँ हाम्रो भेट हुनुपथ्र्यो
छिचल्दै व्यवधान परिवर्तनको
जहाँ हाम्रो भेट हुनुपथ्र्यो
अब केवल च्यातिएको आकाश हेर
न धर्तीले भेट्छ आकाश क्षितिजमा
अब चर्किएको धर्ती हेर
न आकाशले भेट्छ धर्ती क्षितिजमा
देखिएन कतै रेखा मिलनको
देखिएन कतै साँध क्षितिजको
त्यही क्षितिज
जहाँ हाम्रो भेट हुनुपथ्र्यो ।
० ० ०
(स्रोत : Freenepal)