कविता : म भित्र प्रेम खोज

~ओनिक अज्ञात~Onic Agyat

म भित्र प्रेम खोज,
थोरै हैन, प्रशस्त भेटाउँछौ !
म भित्र सुन्दरता खोज,
ढुंङ्गा हैन, फूलहरू भटाउँछौ !!

रूप रंग होइन,
साँस फेर्न हावा चाहिन्छ,
जुन अदृश्य छ !
नाता मात्र हैन,
जूनी काट्न माया चाहिन्छ,
जुन महसुस गरिन्छ !!

तिमी सतहमा उभिएका छौ,
मोती बटुल्न सतह मूनि पुग्नु पर्छ !
तिमी ढोकामा पर्खि बसेका छौ,
माया चिन्न धडकन भित्र छिर्नु पर्छ !!

पुस्तक किनेर मात्र
अनि थुपारेर,
ज्ञान लिन सकिन्न !
पानाहरूको दानाहरूलाई
एक एक गरेर,
चपाएर निल्नु पर्छ !!

अक्षरहरू पढेर मात्र
जीवनका उतार चढावहरू
र वास्तविकताहरूलाई,
नाप्न सकिन्न !
पलहरू र क्षणहरूका
सागरमा डुबुल्की लगाएर,
जीवनका पक्षहरूलाई
नियाल्नु पर्छ र
आभाष गर्नु पर्छ !!

त्यसैले, मेरो लुगामा नजाउ,
त्यसभित्र सजिएका सुन्दर मन खोज !
अग्ला महलहरूको मस्ती नखोज,
मुटुको सानो झुपडीमा प्रेम खोज !!
धन सम्पतिको भकारीको पछि न पर,
दुइ दिने जीवनको
सानो सुबासित ओडारमा,
कृतिम पक्कै होइन,
प्राकुतिक संसार र
प्रेमको आनन्द र शान्ति खोज !!!

– Onic Agyat, Kathmandu
– २०७२-८-०५ (2015, November 21)
– Jiwan Yatrama बाट

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.