~कृष्ण बिश्वकर्मा~
अन्धकारको साम्राज्य बढेर पो हो कि !
अध्यारा ओडारहरु बाटो मुनिका बगानहरु
अनि गल्ली ,
खोल्सा,
कन्दराहरु र समग्र जंगलहरुमा अचेल,
भेटिएनन् दिप्त जुनकिरीहरु
परभक्षी बिरुवाका जालमा पो परे कि !
कतै,
आरक्षणहरुमा त कैद भएनन् आफै !
हे तमाम बुटट्यानहरु हो
तिमीहरुलाई सदियौं देखि “बनमारा” को आरोप छ
तिम्रै भागका नाइट्रोजन खोसेर हलक्क अग्लिएका
साल,
सिसौ,
पलास
अनि सिमलहरु
हेरन आकाशै छोए झैं गर्छन्
पलासहरुका सुसाईहरुमा
तिमी अझैं दम्भको हुँकार महशुस गर्न सक्छौ
तर;
बीना स्वार्थै
तिमीहरुले पनि उत्पादन गरेकै छौ नि प्राणी जगतका प्राण वायु
आकाश ताक्नेहरु कहाँ बुझ्छन् र धरातलका यस्ता कुरा
फेदैबाट नढलेसम्म बाटो मुनिका
एक बगान फूलहरु कठै !
बाटो माथि आउनै नसक्ने गरि
छायाँमा परे
मर्कामा परे
गुलाबहरुका आतंकले
बिगबिगी र महिमाले
अनि
उनीहरुकै पुरातन साम्राज्यले
तर
काँडेदार गुलाबको महिमा कतिन्जेल रहला र !
बेखबर छन्
क्षणिक महिमाले उता हिलैमा फूल्ने निल कमलहरु
गुनाशो रत्ति छैन भन्छ्न्
फेरि मौसमी सयपत्री र मखमलीहरु बर्षदिनमा जय जयकार त भाकै छ रे
बर्षौदेखि फेदिका दूर दशा नियाल्दै अट्टाहाँस हाँसेकै छन्
शिखरमा बस्ने लाली गुराँशहरु
हे लज्जवली झारहरु हो !
अब, खुम्चिन छोडिदेऊ
फुकाउ बरु छाती गर्वले
आदर अनि सतकार्ले “जदौ” गर्ने
तिम्रा संस्कारहरु सधैं
अवमुल्यन भए
हेयपूर्ण भए
निरिहपूर्ण पो मान्न थाले
एक किलो जति पलास, साल अनि सिसौहरु उस्तै पीडाबोधमा छन्
अझै तिम्रै कयौं प्रजातिहरु उता कतै बारका
सिउडी भएर कतै बाटो मुनिका फूल भएर
कतै घोलका पटेरा भएर
कतै नफूल्ने उनह्यू भएर
कतै गन्धे झार भएर
त कतै धतुरो भएर
जुनकिरीहरु आउन या नआउन
अब मुक्तिका बाटो पहिल्याउदै छन्
बाटो मुनिका फूलहरु
हे यायावरहरु हो !
हे कामुक भँमराहरु हो !
होशियार हौ अब बाटो मुनिका फूलहरु
आफ्नै परागशेचनबाट फेरि जन्माउदै छन्
चे ग्वेभाराहरु
नेल्शन मन्डेलाहरु
अनि उता हुर्किदै छन् बनमाराका
झ्याङ्गहरुमा ” आई ह्याभ अ डृम ” भन्दै मार्टिन लुथर किङ जस्ता बिरुवाहरु
नमस्कार सम्पूर्ण अग्रज अनि समकालीन साहित्यिक सहृदयी मनहरुमा म कृष्ण बिश्वकर्माको । आज फेरि यहाँहरु समक्ष एक कबिता राखें । आशा छ यहाँहरुको सुझाब अनि प्रतिकृयाहरु भरपुर पाउने छु अझै कबितामा निखारता ल्याउन ।
– कृष्ण बिश्वकर्मा
भरतपुर , चितवन
हाल : यु ए ई , आबु धाबी
(स्रोत : Helprise)