तिहारमा बहिनीका लागि कस्तो उपहार पठाउने होला ? मैले यस विषयमा केहि सोच्नसकेको थिइन । तर, दसँैंपछि घर फर्किन लागेको गाउँले एकजना साथीलाई मेरो सामान पनि लगिदिनका लागि भनेको थिएँ । ज्वाइँलाई पनि ‘कुनै सामान घर पठाउनु छ भने मलाई दिनुहोला म साथीको हातबाट पठाइदिउँला, पछि तिहारमा बहिनी आएको बेला लिएर जान्छे’ भनेको थिएँ ।
ज्वाइँले पनि हुन्छ भन्नुभएको थियो । तर के पठाउने मनस्थिति थियो, मैले कहिलै थाहा पाउन सकिनँ । मैले बहिनीलाई,
–एउटा मोबाइल÷राम्रो घडी,
–सुनको कुनै गहना,
–अथवा नगद पैसा भएपनि पठाउने सोच बनाएको थिएँ ।
बहिनीसँग टीका नलगाएको चारवर्ष भइसकेका थिए । यसपटक चाहेको भए हुन सक्थ्यो । तर, भिसा सोचेभन्दा चाँडै आएपछि म पनि ज्वाइँ भएकै कम्पनीमा आइपुगे–दशैंतिहार केहि नमानेर । यसबीच कतारबाट फर्किएपछि पाँच महिनामात्र घरमा बसाइ भयो । याने कि यो वर्ष पनि तिहारमा बहिनीको हातको सप्तरंगी टीका र सयपत्रीको माला नलगाइने निश्चित् थियो । यसले गर्दा मन खिन्न भएको थियो । आखिर विदेशले थुप्रै कुरा लुट्दो पनि रहेछ !
त्यसैले तिहारको बेला बहिनीका लागि उपहार भए पनि पठाइदिने सोंचमा थिएँ । तर, के पठाउने ? निर्णय गर्नसकेको थिएन । यो वर्षको तिहारमा पनि निधार खाली रहने भो भनेर दुःखी भएको बेला छिमेकको साथी घर फर्किदै गरेकाले कुनै न कुनै उपहार पठाइदिन मन भयो । मैले के पठाउने भनि निक्र्योल गर्नुपूर्व यो दुर्घटना भइदियो । अब उपहारका लागि मैले कुनै चिन्ता नगर्नुपर्ने भयो ।
किनकि म आप्mनो बहिनीका लागि यस्तो उपहार पठाउँदै छु, जुन उपहार संसारका कुनै पनि दाजुले आप्mनो बहिनीका लागि कहिलै पनि दिन चाहँदैनन् र मेरो कामना, कहिलै दिनु पनि नपरोस् ! “घर फर्किनुहोस् अब, धेरै नबस्नुहोस्, भनेको मान्नुहुन्न !” बहिनीले गुनासो गरेकी थिई मसँग । ज्वाइँ तीन वर्षदेखि घर जानुभएको थिएन । पारिवारिक बेमेलको स्थिति पनि थिएन । तर, पनि ज्वाइँ घर फर्किनुभएको थिएन ।
विवाह भएको छ महिनापछि विदेश जानुभएको थियो ज्वाइँ । त्यसको चार महिनापछि ज्योतिको जन्म भएको थियो । अहिले ज्योति अढाई वर्षकी भइसकेकी, तर बाबुछोरीको प्रत्यक्ष भेट भएको छैन । बहिनी दुई हप्ताजति माइतीमा बसी सायद् । दाजु कतारबाट फर्र्किएको थाहा पाएपछि ऊ एक वर्षपछि माइती आएकी थिई ।
टाढाको यात्रा, त्यो पनि बच्चा सहित, उसलाई यात्रा गर्न गाह्रो लागेर पनि नआएकी रहिछे ।
ज्योति–मेरी अढाई वर्षकी भाञ्जी । ऊ चञ्चल छे । बोलिरहनुपर्ने । दुई हप्तामा ऊ सबैसँग भ्mयाम्मिएकी थिई । मसँग अझ बढी । मेरो सर्ट समातेर काँधमा उक्लनु, मेरा कान निमोठ्नु र मसँग खेल्नु, उसको दुई दिनचर्या थियो ।
काँधमा बोकेर गाउँ घुम्न जाँदा ऊ मलाई विदेशबाट ल्याइदिने सामानको लिस्ट सुनाउँथी–एउटा पुतली, रातो फ्रक, अनुज दादा (मेरो छोरा) को जस्तो हरियो रंगको क्याप, एउटा साइकिल, एउटा घडी, आदि आदि ।
आप्mनी आमाको मोबाइलमा आपूmले देख्दै नदेखेको बाबाको तस्वीरलाई ‘म्वाइँ’ खान्थी अनि मोवाइलमा धारे हात लगाउँदै भन्थी, ‘यस्ता बाबा, तीन वर्षदेखि नआउने ?” अनि फेरि मुहार बनाएर भन्थी, ‘सरी बाबा ल ! चाँड्डै घर आउनु के !’ उसको यो चर्तिकला देखेर घरका मान्छे खूब हाँस्थे । तर, बहिनी उदास हुन्थी ।
उसको रिस, आवेग, ऊ रोएको, हाँसेको खेलेको र नाटक गरेको सबैले चाख मानेर हेर्छन् र खूब हाँस्छन् । अझ बढी जब ऊ आप्mनो हजुरबा रक्सी खाएर हिँड्दाको नक्कल गर्छे, हेर्ने जति सबैलाई हसाउँछे । उसले घरमा मच्चाएको उधुम, तातेबोलीमा उसले गरेका फर्माइस्, उसको नाँच, उसको रुवाइ, हाँसो, उसले गर्ने कुरा, सबै कुराको मैले मोबाइलमा भिडियो बनाएर ल्याएको थिएँ ।
आप्mनी छोरी देखेर ज्वाइँ रुनुभएको थियो । उहाँको साथीले भन्थै थियो, “यति सुन्दर र माया लाग्दी छोरी भइदिएको भए मैले यो परदेशमा कसरी पो मन बुझाउँथे ?” त्यो अविवाहित थियो ।
ड्राइभिङ लाइसेन्स निकालेर मात्रै घर जाने कुरा ज्वाइँले भन्नुभएको थियो । ‘अब ३÷४ महिनाभन्दा बढी लाग्दैन होला ।’ उहाँ चाँडै घर फर्किने कुरामा आशावादी हुनुहुन्थ्यो ।
‘ढिलामा चैतसम्म त जान्छु नै ।’ घरपरिवारको मायाले उहाँलाई पनि सताएको थियो । मैले बहिनी र घरपरिवारलाई ज्वाइँको विषयमा आश्वस्त रहन र अनावश्यक चिन्ता नगर्नु भनि फोन गरिसकेको थिएँ ।
२
मेरो आश्वसनले कुनै काम गरेन । दुर्घटना भइछाड्यो । जे नहुनु थियो त्यही भयो । मेरो आश्वासनको ठीक उल्टो भो ।
आजभन्दा चारदिन पहिला यो दुर्घटना भयो । डेलिभरि भ्यानमा हेल्पर काम गर्ने मेरा ज्वाइँको दुर्घटना भयो । डेलिभरि भ्यान दुर्घटनामा प¥यो । यो दुर्घटना थिएन, यो हत्या थियो ।
–एउटा अबोध बालिकाको निर्दोषिताको हत्या,
–एउटी युवतीको रहरलाग्दो जिन्दगी बाँच्ने चाहनाको हत्या,
–एउटा भर्रभराउँदो युवाको सुखद भविष्य बाँच्न गरिएको संघर्षको हत्या, र पनि समाचारका लागि यो केवल दुर्घटना थियो ।
यो दुर्घटना कसैको जिन्दगीलाई अपार पहाडजत्रो गह्रो बनाएर बाँच्न विवश बनाएर गएको थियो । तर, धेरैका लागि यो केवल एउटा दुर्घटना थियो । देश बाहिर काम गर्न गएका सयौं युवायुवती यस्ता दुर्घटनाका शिकार भइराख्छन् ।
क्ष्त धबक mभचभ बल ष्लअष्मभलत १
३
–भर्खरै फोन गरें ।
–‘म घर फर्कदै छु ।’
–‘किन ? के भयो ?’
–मैले प्रतिउत्तर दिइन । सकिन । आँट आएन । केवल जानकारी दिएँ कि म घर फर्किदै छु ।
मैले सोधें बहिनीलाई, ‘के गर्दैछौ ?’
–माला उन्दै छु ।
–आमा कहाँ हुनुहुन्छ ?
–आमा र अन्टीहरु तिहारका रोटी पकाउँदै हुनुहुन्छ ।
–भाञ्जीलाई कस्तो छ ?
–तपाइँकी भाञ्जी उधुम मच्चाउँछे ! घरभरिको राजा भएकी छे !
उनीहरुको यो खुशीले भरिएको पललाई तत्काल बिथोल्न मन लागेन । कम्तिमा चौबिस घन्टाका लागि भएपनि उनीहरुको खुसीमा खलल पु¥याउन इच्छा भएन । मेरो झोलाभरि ज्वाइँले घर पठाउन भनि तयार राखेका उपहार छन् । एउटा साडी । (जिन्दगीको प्याराडोक्स भन्नुपर्छ, त्यो पनि रातो !,
–एउटा घडी । (समय हेर्नका लागि÷ समय कुर्नका लागि÷अनिश्चित र अँध्यारो समय ।)
–एउटा पुतली । (चाबी दिँदा ताली बजाउने पुतली)
–एउटा मोबाइल सेट । (टाढा रहेको आफन्तसँग भलाकुसारी गर्न÷ मायाका बात गर्न÷ भौतिक दूरीलाई कम गर्न)
–छोरीका लागि फ्रक, जुत्ता, कपडा । (बाबाको उपहार छोरीका लागि !)
श्रीमान् र बाबु हुनुको दायित्व !
सबैभन्दा गह्रौं उपहार कार्गो गरिसकें । त्यो ‘उपहार’ र साडीबीच कस्तो बेमेल तादाम्यता छ !
मेरी बहिनीले त्यो गह्रौं उपहार कहिल्यै स्विकार्न चाहन्न । उसलाई साडी मन पर्छ र पनि ऊ बाध्य छ, काग्रोबाट आउने उपहार लिन । अनि साडी उसका लागि अर्थहीन बनिदिन्छ । अझ बढी पीडादायी बनिदिन्छ । फोनमा कुरा गर्नका लागि नजिकको मान्छे कोही छ उसको ? सबैभन्दा नजिकको मान्छे जसलाई उसले आप्mनो सर्वस्व सुम्पेकी थिई ? ताली बजाउने पुतलीले के सोध्ली मेरो भाञ्जीलाई ?
–‘तिम्रो बाबा खै ?’ जवाफ हुने छैन मेरो भाञ्जीसँग । सायद भाञ्जीले उत्तर दिन नसकेपछि खेलौना चुप लाग्नेछ । उसले ताली बजाउने छैन ।
मैले लिएर जाँदै गरेका यी उपहार पर्खेर बसेका छन् नेपालमा–मेरी बहिनी, भाञ्जी, बहिनीका बूढा सासुससुरा, ज्वाइँकी बहिनी अनि ठूलो दाजुको परिवार ।
परदेशी उपहार गह्रौं छन्–जिन्दगी नै गह्रौं बनाउने गरी भारी छन्, यी उपहार । तिहारको मुखैमय म यी उपहार लिएर जाँदैछु, यो परदेशबाट । रेमिटान्समा अर्थतन्त्र चल्ने मेरो देश, मेरो गाउँ फर्किदै छु म ।
(पाठक मित्र मेरो चेक इनको समय भइसक्यो । कलम रोक्न बाध्य छु म ! धन्यवाद ।)
(स्रोत : Ganatantradaily)