मैले लेखे एउटा गीत , तिमी गाउछौं भने
मैले खोपे एउटा प्रित , तिमी लाउछौ भने
सुसेलीले बोलाउछु , तिमी बुझ है
माया राखि भिजाई दिन्छु ,अनि रुझ है |
सम्झनाका तरेलीमा , तिमीले खोज्यौं भने
पिरतीको फुलबारीलाई , तिमीले रोज्यौं भने
नदी बनि मनमा बग्छु , तिमी हेर्नु है
चोखो माया दिलमा राखि , अनि बेर्नु है |
मंसिरमा आउछु लिन , तिमीले चाहयौ भने
अजम्बरी मायाको गीत , तिमीले गायौ भने
टेलीफोनमा लाएको माया , तिमी सजाउनु है
बेहुला बनि लिन आउदा , अनि लजाउनु है |
डम्बर पौडेल
चानुवा -८ , धनकुटा
हाल :- कतार
(स्रोत : Milankosansar)