~कृष्णप्रकाश श्रेष्ठ~
बज्रपात भयो कस्तो ? कस्तो दुर्घटना घट्यो ?
मर्माहत भएका छौं, के लेख्नुपरिरैछ यो ??
नेपालीहरुले भोग्नु पर्यो संघात यो किन ?
कल्पना गर्न नै गाह्रो कुरा यथार्थ भो किन ?
राजदम्पत्तिको पूरै परिवार विदीर्ण भो ।
भयो साकार के आज वाणी गोरखनाथको ?..
राजा हुन् सबका साझा नेपालीहरु मात्रका ।
प्रतीक एकताका हुन् हाम्रो नेपाल राष्टका ।
राजतन्त्र र नेपाल ः एकार्थी दुई शव्द नै ।
प्रजातन्त्र पनि ल्याए राजा प्रजा मिलीकनै ।
राजतन्त्र प्रजातन्त्र ः दुवै एकत्वमा लय ।
राजा प्रजा मिली पाछौं देश उज्ज्वल निश्चय ।
संरक्षकबिना आज टुहुराभैंm भयौं सब ।
छँदैछैन व्यथा पोख्ने सामथ्र्य शव्दको अब …
३ ः १४ जून २००१
मास्को, रुस महासंघ
(स्रोत : Freenepal)