(टिन्… टिङ्….)
“यो बिहानको घण्टिको आवाजले जहिले हैरान गर्ने भो । कहिल्य राम्रो संग सुत्न नपाउने भइयो बा …. ।” यस्तै सोच्दै एक दिन बिहानको मेरो निन्द्रा खुल्यो ।राती को रक्सी को ह्याङ अझै बाकी नै थियो । त्यो भन्दा ह्याङ कोठा नजिकको मन्दिरको आवाजले गरेको थियो। फेरी चार / पाँच दिन देखी मन्दिरमा खै केको हो पुजा चल्दै थियो त्यसले गर्दा बिहानको चार बजे देखी नै ठूलो ठूलो आवाजमा भजन र पुजा हुने गर्थ्यो । कती कती बेला त गएर पुरै साउन्ड सिस्टमनै फुटालु जस्तो पनी हुन्थ्यो ।
टेबलबाट खुकुरी चुरोट को एक खिल्ली निकाले । सल्काए। अनी फ्वाँ.. फ्वाँ… धुवा उडाउँदै ट्वाइलेट छिरेँ । बिहानको सबै काम सकेर गोजी हेर्छु म संग जम्मा पचास रुपैया रहिछ । “थुक्क फेरी ए.टि.एम्. जानु पर्ने भो “ आफै संग भन्छु । ए.टि.एम्. मेरो कोठाबाट टाढा थिएन तर मन्दरको छैउमा थियो । त्यहि कारण मलाई जान मन लागेको थिएन । तर जानै पर्ने वाध्यता । गर्मी महिना बिहानको सुर्य निकै आकर्मक शैली मा माथी जाने सुर गर्दै थियो । घडि हेर्छु आठ बजेको सङ्केत गर्छ । म कोठा मा तल्चा मारेर निस्कन्छु ।
नाजिकको ए.टि.एम्. थियो पहिलो गन्तब्य । “दान गरौ पुन्य कमाऊ” लेखेको बोर्ड संग ठोकिन्छ मेरो आखाँ सुरुमै । त्यसपछी पुजाका अनेकौ तम् झम् र रङ्गि पतका अनी पुजामा आउने मनिस को भिड ।
सबै छिवल्दै म हिड्छु र अन्तिममा देख्छु पुजाको मन्च त्यहाँ एक जना पहेंलो कपडा लगाएको मानिस जस्को खुट्टामा सबैले ढोग्दै थिए । अनि तिनी मानिसको मुखबाट निक्लेको केहि शब्द पनी मेरो कान मा ठोक्कियो । “ गारिबी भनेको एउटा रोग हो । यस्लाई निर्मुल गर्नै पर्छ । त्यसैले आउनुस् दान् गर्नुस् र गारिबको सहायोग गर्नुस । “ यस्तै भन्दै थिए तिनी पंहेलो कपडाधारी मानिस । “नेता र पण्डित उस्तै” मन मनै भने । फेरी म अगाडी बढ्छु ए.टि.एम्. तिर । ए.टि.एम्. को नजिक के पुगेको थिए एउटा दृश्य आखाँमा पर्यो जस्लाई नकारेर हिड्न मलाई गर्हो थियो ।
एउटा बच्चा रुँदै आफ्नो आमाको स्तन चुस्दै थियो। तर खै स्तनबाट दुध आएको थिएन होला सायद् त्यहि भएर झन् रुँदै कती बेला दाहिने कती बेला देब्रे स्तन कोसिस् गरेको थियो ।
त्यो भन्दा पनी हेर्न लयक दृश्य थियो उस्को आमाको थियो । उस्को हालत् देखेर लाग्थ्यो धैरै दिन देखी उस्को पेटमा केहि अन्न परेको छैन । सोचे “बिचरी यीनी आमा आफ्नै पेटमा केही परेको छैन बच्चालाई कहाँबाट पुराउन्” । “ए के हेरेको सक्छौ भने मलाई सहायोग गर नत्र तमाशा नहेर “ मैले हेरेको थाहा पाएर ती आमाले भनिन् । “गोजीमा पचासको नोट बाहेक सुको छैन कहाँ बाट दिम् । आफु त महादेब उत्तानो पर् कस्ले देला बर ।“ उखान याद आयो मनमा । त्यहाँबाट हुड्न खोज्छु । तर मन मानेन । याद आयो म त ए.टि.एम्. पो जानु लाको पैसा निकाल्न । “लौ जा…. जे हुन्छ हुन्छ पचासै रुपैया दिन्छु “ । यस्तो सोचिन मात्र दिए पनी । पछाडी आवाज आँउछ “दान गरौ पुन्य कमाउ” ।
मन हलुका थियो पैसा दिएको कुनै पछुतो थिएन । तर त्यो आमा चाहि पक्कै मनमा थिईन् । “च्यातिएको कपडा ठाउँ ठाऊँमा शरिर देखीने । कालो ध्वाँसो लागेको जस्तो अनुवार । हातमा पाँच / छ महिनाको नाङ्गो बच्चा । अनि आउने जाने संग केहि आशा गरेर केहि मागिरहेको आशाबादी आँखा”। वास्तबमा ए.टि.एम्. लाई पहिलो गन्तब्य बनाएर हिडेको म तर त्यो भन्दा पहिले नै धैरै गन्तब्य बनाईसकेको रहिछु जस्तो लग्यो ।
अनि खै के के सोच्दै त्यहा बाट हिड्छु । सोच्दा सोच्दै ए.टि.एम्. आँउछ । सानो लाईन थियो । एक पोछी अर्को गर्दै मेरो पालो आयो । ए.टि.एम्. कार्ड हाल्छू । पिन नं. पनि थिच्छु । तर पैसा निस्कन । फेरी कोसिस गर्छु। नाई निस्कनै मान्दैन । ब्यालेन्स चेक गर्छु । लौ खा ! एकाउन्ट त रित्तो पो रहिछ ! “अब के गर्ने ?” आफैलाई सोध्छु । अनि दिमागमा झस्स याद आयो अस्ति नै मैले पुरै खाता रित्ताएको । मन मनै भन्छु “कस्तो भुल्कक्ड भएछु ।रिता दिदीले त भन्थिन् तैले रक्सी होइन रक्सीले तँलाई खाँदै छ ।“ बल्ल ठिक हो जस्तो लग्यो । अब के गर्ने फेरी पैसा भएन भने साह्रै दुःख हुन्छ । पहिले नै धेरै अनुभब छ म संग।
फर्किदा हेर्छु त्यो भिक मग्दै गरेकी आमाले बच्चालाई दुध केनेर खुवाउदै हुन्छिन् । “सायद अहिले म भन्दा धनी थिइन् होला तिनी” भनेर सोच्छु । अगाडि बढ्दै जाँदा धैरै कुरा मेरो आँखा मा ठोकिन्छन् । “कहि जोगी हरु मस्त गाँजा फुक्दै थिए चिलिममा । कहि भने भिकारीहरु पैसा माग्दै थिए । फेरी अर्को ठाँउमा बाँदरहरु मजाले खेल्दै थिए । अनी कतै ठुलो ठुलो स्वरमा मानिसहरु भगवानसंग के-के माग्दै थिए। पर छेउमा कुकुरहरु भुईमा केही खाने कुरा खोज्दै थिए”
सोच्छु “यो निर्नन्तर चल्ने प्रकिया हो यो । फेरी यो गरीबी भएन भने कस्ले कस्लाई गन्ने यहाँ । बिना घाम छाया नभए जस्तै बिना पैसा गरिबी हुदैन । अनी बिना गरिबी कोहि धनी पनि हुदैन । तर खै ! को हो यहाँ धनी ! म त सबैमा भिकरी मात्र देख्छु । फरक यत्ती हो कही भगवान संग भिख माग्दै थिए कोही मन्छे संग । फेरी ठुलो ठुलो दान र प्रसादको बानी लागेको भगवानले कस्को कुरा सुन्ने । भगवान् पनि भ्रस्टचारी पो रहिछन् तर खै उसलाई कुन अख्तियारले मुद्दा हाल्ने । सायद ‘ओ माई गड’ को परेस रावल भएको भए मै हाल्थे होला”। हास्छु मन मनै ।
अली अगाडि बड्छु , खोलाको छेउमा एउटा लाश जल्दै थियो । एकछिन त्यो दृश्य हेर्छु , लाग्यो “सायद एउटा परम सत्य भनेको मृतु मात्र हो कि ! फेरी के थाहा त्यो सत्य नै हो भन्ने कुरा !! कस्ले देखेको छ र मृतु ? हुन साक्छ त्यो झन महा झुट पो हो की !” तर जिवन के हो र म को हु भन्ने प्रश्न चाहि मेरो मनमा मजाले आएको थियो त्यो बेला ।
एकछिन त मनमा “म शरिर होइन किनाभने म शरिर भएको भए त्यो जलिरहेको मान्छे पनि शरिर हो तर जसरि ऊ हुन्न अबको केही समयमा त्यसरी नै म पनि हुन्न कुनै दिन।“ भन्ने सोच आयो तर धेरैबेर टिक्न सकेन त्यो सोच किनभने मलाई भोक लागेको थियो र भोक शरिरलाई लाग्छ । अनि झट्ट लाग्यो “के त्यो जलीरहेको शरिरलाई भोक लाग्ला र ?” त्यो प्रश्नको उत्तर के हो म जान्दिन किनभने म मरेको छैन र म जलेको छैन ।
फर्किन्छु त्यहि बाटो जुन बाटो गएको थिए यानिकी मन्दिरको बाटो । हेर्छु मान्छेको ठुलै भिड बडिसकेको थियो । मञ्चमा बसेका गुरु के के भन्दै थिए खै बिचमा भगवान कृष्ण र गिता भनेको मात्र बुझेको थिए मैले तर हुनै सरोकार थिएन मलाई त्यो कुरा संग। मन्दिरको गेटमा ठुलो दान पेटीका पनि थियो , पेटीकाको छेउमा दुईवटा रातो कुर्ची , अनी कुर्चिमा दुईजान मनिस । निदारमा हलुका पहेलो भन्नु की सुन्तला भन्नु रंगको टिका पनि ख्याल गरेको थिए मैले तिनिहरुको ।अनि तिनिहरुको अगाडि रसिदको एउटा ठेली पनि थियो ।
म सरासर आफ्नै बाटो लाग्छु मलाई सरोकार नै थिएन यो पुजा संग र कुनै मतलब पनि थिएन तर “गरिबिको लागि लगाईएको पुजा अनि त्यहि मन्दिर अलीपर भिकारी आमा र त्यो बच्चा अनि मन्दिरमा उठेको दैनिक लाखौ. दान र त्यो खान नपाएका आमा-छोरा ।“यो कुराले भने खै के हो ! तर कता कता कुन हो कुन विद्रोह मेरो मनमा आएको थियो !! भोकले बटारको जस्तो हुन्छु , अनि मोबाइलमा घडि पनि हेर्छु त्यहि बेला साढे एघार बजिसकेको हुन्छ अनि कसरि नबटारुस् त पेट भोकले ! भोक मत्र होईन गर्मि ले गर्दा तिर्खा पनि मजाले लागेको थियो । एकछिन सोचे त्यही मन्दिरभित्र गएर पनि खाउ कि !! तर सोचे मत्र गईन । के थाहा पानि खादा पनि दान गर्नु पर्यो भने ?
अनेक कुरा सोच्दा सोच्दै कोठामा आए । मजाले पनि खाए । अब केहि खान पर्यो भनेर हेर्छु । केहि थिएन खाने कुरा । कति दिन अगाडिदेखिको भांडा नै माझ्न समेत बाकि रहिछ ।
फेरि निस्कछु कोठाबाट , तल्चा मात्र मर्न के लागेको थिए घरबेटी दाई भेट भए ।
“भाई दुई महिना भयो नि “ उनले मुख खोलीहाले । “हो दाई अर्को हप्ता म सबै चुकाउछु ।“ “पक्का है भाइ पर न जाओस् ।“ “हुन्छ दाई पक्का । “
छोटो कुराकानी पोछि ति दाई कता लागे कुन्नि , तर म चाहि लेगे रिता दिदी को पसलतिर ।
“के छ बाबु हिजोको छुट्यो “ मलाई देख्नसाथ रिता दिदीको छुचो मुख प्याच्च बेल्छ । “ छुट्यो दिदी , केही खानेकुरा छ ? मलाई सह्रै नै भोक लागेको छ । “ “के खान्छस् ल भन् ? खाने भए खाना नै छ ! “ फेरि थपिन उनले “तर चिसो छ, र मलाई तताउने जाँगर छैन , चिसै खान्छस् भने पस्किदिन्छु । “हुन्छ दिदी त्यही भए पनि चल्छ ।“
दिदीले खाना दिइन् , खाना खादैं मैले बिहानदेखिको सबै कुरा रिता दिदीलाई भन्छु । खासमा मैले त्यो सबै कुरा भन्नुको पछाडि ठुलो कारण थियो । हो , आजको खानाको पैसा बाकि राख्छय भन्नलाई थियो र साझको छाकको लागी पनि जुक्ति लगाउन थियो मलाई ।
मुखले जति छुचाले भएपनि मनले सह्रै रम्री थिइन् रिता दिदी । मेरो कुराले धेरैनै भावुक हुदै भनिन् “ त कति अरुभन्दा फरक सोच्छस् है । आजको खानाको पैसा तैले मलाई दिन पर्दैन। बरु मलाइ पछुतो बनाइस् मैले तलाई किन चिसो खाना दिए भनेर ।
म मजाले हाँसे र भने “ त्यसो भए त दिदी म पनि त भिकारी भए त , भात फोगटमा खान मैले तपाईलाई कति लामो भुमिका सुनाए ।
अनि उत्यजित हुदै रिता दिदी ले भनिन् “ त होइन भिकारि , भिकारि त्यो नेता हो जस्ले गरिबिको नाममा ठुलो ठुलो भाषण गरेर भोटको भिक माग्छ । भिकारी त्यो पुजा लागाउने हो जस्ले ढुङ्गाको नाममा भिक माग्छ । अनि भिकारी त्यो पैसाको दान दिएर भगवान् संग ठुलो ठुलो भिक माग्छ ।
लौ !!
म त अचम्म परे रिता दिदीलाई पनि यस्तो कुरा गर्न आउदो रहिछ । यिनी त हटेलवाली मात्र नभएर ज्ञानि पनि रहिछन् । तर फेरी किन सबैले रिता दिदीलाई होटेल चलाएकोमा हुने नहुने सबै भन्छन् त ?
(स्रोत : Kathasahitya )