कथा : तिम्रो लोग्ने र म

~निरुपा ‘प्रसुन’~Nirupa Dhungana 'Prasun'_1

सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एक बर्ष अगाडि एकदिन साहित्यिक कार्यक्रममा तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यसदिन मैले ठानेंँ, एउटा तीस, एकतीस वर्षको युवक, पक्कै पनि कसैको लोग्ने भैसकेको छैन होला । कविता लेखेर साहित्यमा नमेटिने नाम दर्ता भैसकेको केटो, जसको प्रत्यक्ष अनुहार देख्नु भन्दा अगाडि नै म उसको जबरजस्त फ्यान थिएँ । आकर्षक शरीर, माया गरूँगरूँ लाग्ने अनुहार, ठ्याक्कै उसको कविताजस्तै सुन्दर लाग्यो । म त त्यो दिनको उसको पहिलो हेराइमै घायल भैसकेकी थिएँ । अब उपचार उसैबाट मात्र सम्भव थियो । जब त्यसदिन कार्यक्रम सकियो, भनेँ- ‘म तपाईंसँग फोटो खिच्छु नि ।’

उसलाई नछोइकनै उभिएँ म । मेरो क्यामरा अरूले क्लिक गर्दियो । म दङ्ग थिएँ । कुरा कहाँबाट सुरू गर्ने कुनै आपत्तिको विषय थिएन ।

‘मलाई तपाईंको कविता असाध्यै मन पर्छ । दोहोर्‍याएरसमेत पढेकी छु । त्यो बेला तिम्रो लोग्नेले मेरो कुरा सुनेर जरूरीभन्दा बढी मख्ख पर्दै भनेको थियो, ‘ओ रियल्ली ? तपाइर्ं पनि लेख्नुहुन्छ ।’

‘म त लेख्दिनँ । लेख्न आउँदैन । तपाइर्ंहरूले लेखेको पढ्नमा सौखिन छु म ।’

मज्जाले हाँस्यो ऊ । मेरो आँखामा आँखा जुधाएर सोध्छ, ‘तपाइर्ंको हबि ? ‘

‘मेरो हबि भनेको, मलाई मन परेको सिर्जनाको सर्जकलाई भेट्नु हो ।’

‘आज मनपर्ने कसलाई भेट्नु भयो त ?’

तपाईंलाई । तपाइर्ंको त्यो चर्चित कविता ‘आँसुको रगत’ पढेदेखि नै तपाईंलाई भेट्ने रहर जागिरहेको थियो ।

‘अझ तपाईं त यस्तो उमेरकै हुनुहोला भन्ने लागेको थिएन ।’

ऊ फेरि हाँस्यो ।

‘साँच्चै हो र ?’ शङ्का ब्यक्त गर्‍यो उसले । शङ्कालु त आइमाई मान्छे पो हुन्छन् भन्थे ।

‘हो नि । आज भगवान् भेटेझैँ भएको छ मलाई ।’

‘मान्छेलाई मान्छेकै रूपमा स्वीकार्नु राम्रो होला कि….।’

हामी त्यो दिन छोटो कुराकानी पछि नै छुट्टयिौंँ । तिम्रो लोग्नेलाई टाढा पुग्नु थियो । कार्यक्रम स्थलको जिल्लाभन्दा ठ्याक्कै जोडिएको अर्को जिल्लाको मान्छे थियो ऊ । म भने त्यहीकी बसिन्दा थिएँ । कुनै हतार थिएन मेरो घर नजिकै थियो । तिम्रो लोग्नेले सबैसँग बिदा लिएर बाइक स्टार्ट गर्‍यो र त्यो बेला मतिर हेर्दा पनि नहेरी गएको थियो ।

त्यो दिन त्यो कुराले मलाई रिस उठिरहेको थियो । दुई दिनसम्म फोन गरिनँ । पछि एसएमएस गरेंँ । त्यो दिन खिचेको फोटो उसले ईमेल गर्दिनु भनेको थियो । यता मेरो क्यामेरा बिगि्रएर सबै फोटोहरू डिलिट भएछ ।

‘सरी, क्यामरा बिगि्रयो । फोटो पठाउन सकिनँ ।’

तिम्रो लोग्नेको उत्तर आयो – ‘नो प्रोब्लम तिम्लाई कस्तो छ ? यतिखेर म तिमीलाई नै सम्झदै थिएँ ।’

उसको एसएमएसले म त दङ्गदास बनेँ । त्यो दसैँको बेला थियो । म दसँै मनाउन घर गएकी थिएँ । विगत १० वर्षदेखि काठमाडौंँ मै बस्दै आएकी छु । तिम्रो लोग्ने मोफसलमै बस्थ्यो । ऊ राम्रो कविता लेखेर देशभरि चर्चित बनेको थियो । तिम्रो लोग्ने लेक्चरर पनि रहेछ । होइन त ?

म दसँै सकेर काठमाडौँं आएँ । नियमित काममा लागँे । शनिबार अथवा कुनै विदाको दिनमा म साहित्यिक माहोलमा रम्थेँ । यसो गर्न मेरो मन र विवेकले अह्राउथ्यो । त्यस्तै, एकदिन म गुरुकुलमा कविता सुन्न गएकी थिएँ । त्यो बेला उसलाई देखेर चिच्याएँ म त…..। वरिपरिका मान्छेहरू पनि ट्वाल्ल परेर हेर्‍याहेर्‍यै भए हामीलाई । तिम्रो लोग्ने पनि अलि अप्ठ्यारो मान्दै थियो क्यारे ।

‘तपाईं कसरी काठमाडौँं ?’

‘म आजकल यहीँ बस्छु । ‘

‘मलाई किन खबर गर्नु भएन त ?’

‘यसैगरी यही भेट हुन्छ भन्ने थाहा भएर । ‘

हामी दुबै मज्जाले हाँस्याँैं । त्यो दिन त्यतिमै सीमित रहेन । उसले कोठा पुगेर फोन गर्‍यो । घर छोडेर एक्लै कोठामा बसेको पहिलोपहिलो अनुभव सुनाउँदै थियो । मलाई यही बेलादेखि उसको माया लाग्न सुरू गरेको थियो क्यारे ।

‘एक्लै केटामान्छे, खाना बनाउनु भाँडा माँझ्न अल्छी लाग्दैन ।’

‘लागेर के गर्नु त अब ?’

‘म आइदिऊँ त ?’

‘आउँछ्यौँ ? आऊ न त । ‘

‘काम गरे बापत तलब कति दिनुहुन्छ त ?’

‘थाउजेन्ट किसेस …घण्टाको ।’

मलाई लाज लाग्यो । यहीँ मेरो कोठामा आएर उसले चुम्बन गरेको आभास भयो । एउटा मीठो नरम अनुभूति ।

‘भो त्यसो भएँ आउँदिन ।’

सुन्छ्यौ ?, तिम्रो लोग्ने त म भन्दा अगाडि पो निस्कियो । मलाई पो ऊ मन परेको थियो त….,उल्टो ऊ नै पो मलाई …हाँसो पनि लाग्यो । पत्यार पनि लागेन ।

‘पत्याएनौ ? आई एम रियल्ली फल इन लब विथ यु बेबी ।’

‘होइन होला ।’ शङ्का व्यक्त गरेँ मैले ।

‘पहिलो पटक तिमीलाई देख्ने बित्तिकै, यति राम्री स्मार्ट केटी को होली भनेर तिमीमै मेरो सारा ध्यान थियो । अगाडि मन्चमा बसुन्जेल तिमीलाई नै हेरिरहेकी थिएँ म । तिमीलाई नै सोच्दै थिएँ म …..।’

यो एसएमएस चाहिँ मैले दोहोर्‍याएर पढेकी थिएँ । छक्क परेंँ । रमाइलो पनि लाग्यो । मैले पनि त्यो बेला अगाडि मञ्चमा दस जनामध्ये उसैलाई हेरिरहेकी थिएँ । अझ मञ्चमै उसको अटोग्राफ लिन गएकी थिएँ म । त्यस्तै सुरूको एक रात उसले फोन गर्दा २ घण्टा १५ मिनेट ८ सेकेन्ड कुरा भएको थियो । तिमी अनुमान पनि लगाउन सक्दिनौ घण्टौँ के गफ गर्‍यौंँ हामीले भनेर । भोलिपल्ट बिहान तिम्रो लोग्नेको एसएमएस आँखा मिच्दै पढे ।

‘हाइ, स्वीटहार्ट, आर यु अल राइट ?’

‘म पहिले पो बिसन्चो थिएँ क्यारे तपाइर्ंसँग कुरा गरे पछि बल्ल पो सन्चो भएँ । ‘

सुन्यौ, अब कुरै कुरामै हामीबीच कुनै दूरी बाँकी थिएन । मैले पनि उसलाई प्रेम गरेको इजहार गर्दिसकेकी थिएँ ।

ऊ भन्थ्यो, प्रेम भनेको मनसँग छुट्याएर गर्ने होइन । शरीर र मनसँगै हुन्छन् । मलाई पनि उसको कुरा होजस्तै लाग्यो । भावना र भौतिक भनेर बेकार मायालाई अलग्याइरहन्छु म पनि……….। तिम्रो लोग्नेले भनेजस्तै मन र शरीर एउटै त हो नि Û भन्ने पक्षमा गएँ म पनि । खै के हो ? तिम्रो लोग्नेले जे बोल्यो त्यहीले चित्त बुझ्छ । त्यही कुरा होझैँ लाग्छ । अरू सब झुठ । आफ्नै मान्यता र सिद्धान्त पनि बेकामका ठहरिएका थिएँ । तिम्रो लोग्नेको अगाडि ।
अब त आधा रातमा ब्यूँझिएर पनि उसैलाई सम्झन थालेकी थिएँ । तिम्रो लोग्ने मेरो धड्कनको नशा बनेको थियो ।

एक दिन ऊ घर फर्कियो । मलाई काठमाडाँै नै शून्य लागेर आयो । उसको रिक्तत्तामा पहिल्यै पढिसकेकी उसको कविताको किताब झिकेर पल्टाउन थाले । थाहा छ तिमीलाई ? जब त्यो किताबको लेखकीय पढेंँ नि Û म त छाङ्गाबाट खसेसरि भएँ । ऊ त तिम्रो लोग्ने भैसकेको रहेछ । अझ विवाहको साक्षी तिमीहरूको ४ वर्षकी छोरीसमेत रहिछे । उफ Û छटपटी भो । असाध्यै रीस उठ्यो । तत्काल तिम्रो लोग्नेलाई फोन गरेँ ।

‘तिमीले किन भनेनौ यी सब कुराहरू ?’-तिम्रो लोग्नेलाई तिमी भन्ने भैसकेकी थिएँ म ।)

‘के कुरा ?’

‘तिम्रो त छोरीसमेत भैसकेको रहेछ ।’

मेरो कुराले उसलाई कुनै आश्चर्यमा ल्याएन । शान्तसँग भन्छ- ‘छे त छोरी, के तिमीलाई थाहा थिएन र ?’

‘कहिल्यै सुनाउने कष्ट गर्‍यौ र ? नभनी कसरी थाहा हुनु नि Û’

‘अहिले कसरी थाहा पायौं ?’

‘तिम्रो किताब मै रै’छ नि त ।’

‘हो त । मैले मेरो किताबमै लेखेको कुरा तिमीलाई थाहै होला नि भनेर, भन्न जरूरी ठानिनँ ।’

हुन पनि हो । तिम्रो लोग्नेको के दोष ? उसले त तिम्रो बारेमा सार्वजनिक गरेकै रहेछ, मैले पढिन त के गर्नु ..?

त्यसपछि तिम्रो लोग्नेको माया भित्रैदेखि मार्नु पर्ने हो मैले तर त्यसो भएन । झन् झाङ्गियो हाम्रो अबैध प्रेम…….।

उसले मलाई तिमीलाई भन्दा बढी प्रेम गरेको ठान्थेँ म । तिम्रो लोग्नेले भन्थ्यो पनि बारम्बार-म पहिलो पुरुष होइन जसले घरमा स्वास्नी भएर पनि अर्कीसँग प्रेम गर्छ । हो त, म पनि पहिलो युवती थिइनँ जो पहिलो पटक अरूको लोग्नेसँग प्रेम गर्दैछे । हामी भेट्थ्यौ । सार्वजनिक ठाउँमा तिम्रो लोग्नेको प्रतिष्ठाको सवाल उठ्थ्यो त्यसैले निजी ठाउँ, साँघुरो ठाउँहरूमा भेट्थ्यौ हामी । भेट्नभन्दा बढी फोनमा कुरा गथ्यौँं । ऊ अफशोच व्यक्त गथ्र्यो, हाम्रो भेट ढिलो भयो भनेर । उसको कुरामा म मैनझै पग्लिएकी थिएँ । हामीले एकरातसँगै बाहिर बिताएका पनि थियौँ । त्यसपछि झन् तिम्रो लोग्ने संसारको पि्रय प्रेमी बन्यो मेरोलागि ।

यो कुरा त तिमीलाई पनि थाहै छ । अचानक ऊ बिरामी भयो । यो कुरा तिमी, घरबाट तिम्रो लोग्नेको हेरबिचारको लागि आएको दुई दिनपछि बल्ल मलाई आफू बिरामी भएको कुरा सुनाएको थियो ।

पहिलोपल्ट ब्रहृमज्ञान भो मलाई ऊ त केबल तिम्रो लोग्ने हो भन्ने कुराको । बिरामी भएर त्यति टाढाबाट तिमी आयौ, म उसको छेऊमै बसेर पनि मलाई थाहासम्म दिएन उसले । कस्तो सम्बन्ध हो यो ? मैले पनि उसलाई तिमीलेझै हस्पिटल लैजान सक्थेँ । जाउलो पकाएर खुवाउन सक्थेँ । किन तिमीलाई नै बोलाउन जरूरी ठान्यो ? ननिको लागेको थियो मलाई । उसलाई देखाएरसमेत माया गर्न सक्दिनथेँ म । उसलाई सञ्चो भैसकेको थिएन । तिमी पनि घर फर्किसकेकी थिइनांँै । ऊ डाक्टरकोमा आउँदा मलाई भेट्यो । ऊ आउनुपर्ने डाक्टरको क्लिनिक र मेरो अफिससँगसँगै थियो । उसलाई भेट्न पाएकीमा म असाध्यै खुसी थिएँ । अलि दुब्लाएको रहेछ ऊ । मैले उसका लागि फलफूल र अरू खाने कुरा किनेकी थिएँ । त्यो किनिरहँदा मलाई अनौठो खालको आनन्द लागेको थियो । यही आनन्द, यही खुसी अन्तिम रहेछ तिम्रो लोग्नेसँगको । तिमीसँग अकाट्य सम्बन्ध रहेछ उसको । त्यो तिमी स्वयं पनि जान्दिनौ होली …,मैले किनेकी केही सामान पनि लगेन उसले । मलाई दोस्रो पल्ट असाध्यै नराम्रो लाग्यो । अर्काको लोग्नेलाई माया गर्नु निरर्थक लाग्यो । कस्तो प्यारसँग किनेकी थिएँ । फगत तिम्रो कारणले …। तिमीले शङ्का गछ्र्यौं भन्ने भयले…। तिम्रो मन दुख्ला भन्ने कत्रो होसियारी जतन ? मेरो दिलको हालत तिम्रो लाग्नेलाई के मतलब ?

सुन्छ्यौ ? तिम्रो लोग्नेलाई प्रेम गर्दाको सजाय भोगँे मैले । कोठामा आएर धेरैबेर रोएँ । आँशुले नै तिम्रो लोग्नेसँग भएका कुराहरू, बिताएका पलहरू धोइदिएँ । केही घण्टापछि नै मन हलुका भो । चयनसँग सास फेरँे । यो हाम्रो सम्बन्ध कुनै गन्तव्यमा पुग्नु थिएन, न त एक-अर्कोलाई प्राप्त गर्नु थियो । बस्, हामी प्रेम गथ्र्यौं । प्रेम गथ्र्यौ भन्ने भम्रमा रहिँछु म । अब त त्यो पनि बाँकी रहेन । अचम्म, अचम्मको प्रेममै माथि हुनुपर्ने ? कहिले मान्छेको रूपरङ्ग मन परेर त्यसैमा दिल खस्छ, कहिले लेखेको कुरा मन परेर त्यही लेखकसंँग दिल बस्छ । कहिले ……, साँच्चै त्यो बेला पनि तिम्रो लोग्नेसँग मेरो प्रेम बसेकै थियो । अब छैन ।

(स्रोत : साहित्य संग्रहालय)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.