~कमल संघर्ष~
यसरी खुला पानामा चिठ्ठी नपठाउनू
माया गर्ने बहानामा चिठ्ठी नपठाउनू
फेरि बैरीहरूले सुइँको पाउन सक्छन्
म हुनेछु सिमानामा चिठ्ठी नपठाउनू
समयको वेगसँगै चल्नुपर्छ तिमी पनि
इन्टरनेटको जमानामा चिठ्ठी नपठाउनू
घर लीलाम भएपछि बसाइँ सरेको छु
त्यो पुरानो ठेगानामा चिठ्ठी नपठाउनू
(स्रोत : Nepalpati)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.