~डा. अम्बरिश पोखरेल~
नेपालमा,
भूकम्प आउँदा भूगर्भविद् बदनाम हुने
मनसुन आउँदा मौसमविद् बद्नाम हुने
पहिरो र बाढी आउँदा फेरी दुवैविद् बदनाम हुने
घर र सडक भत्किँदा इन्जिनियर बद्नाम हुने
बिरामी मर्दापर्दा डाक्टरहरू बद्नाम हुने
अदालतमा वकिल र न्यायधिश दुवै बद्नाम हुने
छोराछोरी फेल हुदा शिक्षक बद्नाम हुने
चोरी तस्करीको बिगबिगी हुदा, सुरक्षाकर्मीहरु बद्नाम हुने
भ्रष्टाचार बढ्दैजाँदा कर्मचारीतन्त्र बदनाम हुने
तर,
देशमा बिपत्ती आउदा सरकार फेर्न हतार हुने
पार्टी र तिनीहरूका मतदाताले तिनीहरूलाई नै वाहवाह गर्ने
त्यस्ता नेतालाई चुनाब जिताउन सबै जनता लामबद्द हुने
त्यसैले,
कोही यहाँ अछुतो छैन , किन अरुलाई दोष दिन्छौ ?
तिमी हामी मिलेर गर्ने हो, किन अब निराश हुन्छौ ?
प्रत्येकले फेरि सोच,
नयाँ नेपाल बनाउन सक्षम हुन्छौ
(स्रोत : Nepalpati)
अहा ! मेरो यो गेडागुडी नमिलेको कविता यहाँ पनि पुन प्रकाशित भएको देख्दा खुसि लागेको छ I सम्पादक मण्डल ज्यु लाइ धेरै धेरै धन्यबाद छ I अम्बरिश पोख्रेल
केही अपूर्ण वाक्यहरू सरर लेख,
अनि दुई चार पटक इन्टर की दबाऊ ,
बस् हेर साथी भो तयार कविता,
अनिआफ्नै गुणगान गाऊ ।