~रञ्जना उदास~
सीमा सीमाको असमानतालाई नाघ्दै
जब हामी भावनाको शून्यतामा डुव्दर्छौं
अनि,
कोरिन थाल्छन् रेखाहरु
सीमान्तर भएर ।
किनकि,
असीमित जिन्दगीमा कोरिने सीमारेखाहरु
सीमित भएरै पनि
सीमान्तर भै दिन्छन् ।
नौलाख ताराहरु उदाउने आकाशमा
जून र घाम पनि उदाउँछन्
र अस्ताउँछन्,
तर,
जिन्दगीको घामको न्यानोमा अत्तासिएर
जूनको छायामा अलमलिएछ र …
अर्को नयाँ तरंग निलो आकाशको
जहाँ नयाँ घाम र जून उदाउनु पथ्र्यो
निलिमाले रंग फेर्नु पथ्र्यो
सीमान्तरको परिभाषा बदलिनु पथ्र्यो ।
पख,
आपैm भित्र भएका रंगहरु आज
म तिम्रो आँखामा कोर्दछु
हेर, अब
निलो आकाश तिम्रो आँखामा डुव्दैछ
निलिमाले रंग फेरेछ
हाम्रो तिम्रो बीचका
विवादास्पद सीमाहरु
तल … माथि …
माथि … तल … बहँदै
सीमान्तर भएछन् ।
वि.सं. २०५८
मास्को, १ अगस्त २००१
(स्रोत : Freenepal)