~मधु माधुर्य~
लछार पछार पारेर धरातल
छातीभरि उठेका गगनचुम्बी घरहरु
च्यातेर आकाश युगको नशाले
फुटाएर धर्ती आणविक घनले
उन्मत्त उन्मत्त यो वर्तमान
बेचेर आप्mनो स्वाभिमान
सभ्यताको पाठ पढाउँछ हामीलाई
बोकेर पत्थरको हृदय
मानवताको व्याख्या गर्छ बस्तीहरुलाई
पैmलाउँदै रंगमञ्च युद्धहरुको
शान्तिको सन्देश सुनाउँछ मान्छेहरुलाई
न गुञ्जन्छ गीत यहाँ कुनै सिर्जनाको
फगत् चल्दछ आँधी तिर्सनाको :
फेरि पिएर रगत मात्तिन्छ युग
आक्रान्त आक्रान्त छ यो परिवेश
भोग्नु छ धर्तीले आज यो आवेश ।
शून्य शून्य परिभाषा बोकेर जीवनको
निष्प्राण मुटु खोलेर युगको
अभिनय हेर्नुछ विक्षिप्त सभ्यताको
कहालीलाग्दो यो ब्रह्माण्ड टेकेर
न देख्छु बाटो विशुद्ध जीवनको
न छ खेतीपाती उन्मुक्त जीवनको
शुभ्र शुभ्र ओढेर घुम्टो :
जीवन त सगरमाथा उठ्नुपर्ने हो
जीवन त समुद्र बग्नुपर्ने हो
यहाँ त बनेर युगको घाउ :
याम याममा बल्झिनु परिरहेछ ।
० ० ०
(स्रोत : Freenepal)