उज्यालो प्रकाश चम् चम् चम्कियो , उदायो सारा बस्ति
कति छन् दिन रात परिश्रम गरने , कोहि गर्छन बसि मस्ती
अचम्मै नियम संसार कि यस्तो , भगवान उल्टा भए
गरिब बिचरा पसिना तरर , भन्दैनन कोहि जय |
ढाकर पिठयुमा बोकेर बिचरा , गर्दछ शहर गाउ
रुदैछन बालबच्चा भोकले बेस्सरी , पाउदैन उसले भाउ
कति छन् अरुको घर धन्दा काममा , दिदैनन उचित ज्याला
रुदैछन बिचरा कर्ममा छैन रे , पीउदै आशु प्याला |
कति छन् खेतीमा परिश्रम गरने , उब्जाउछन अन्न बाली
गोडमेल गरिनस फल अझै पुगेंन , खान्छन है उल्टै गाली
खडेरी परेर सुक्दछन् खेतबारी , उब्जन्न अन्न बाली
भोक भोकै परिने रीन अझै भरिने , गरीब दुखि खाली |
उस्तै छ हालत कारखाना मजदुर , पालिन्न पेटै पनि
बनाए कानुन शोषकहरुले , गराउने साहुलाई धनि
कतिन्जेल बस्ने हो अर्काको नोकर , सहेर आत्मग्लानी
हक र अधिकार नभए मजदुर , बन्दैनन भाग्यमानी |
डम्बर पौडेल
चानुवा -८ , धनकुटा
हाल :- कतार
कतार २०४२ सालमा चितवन नारायणघाटमा मजदुर दिबस मनाउदा मैले छंदात्मक कविता बनाएको थिए तर यहाँ छन्दको नियम केहि थिएन र मेरो कविता लेख्ने भर्खरको सुरुवाती थियो |२७ बर्ष पछि यो कविता डायरीको एक कुनामा भेटे र प्रस्तुत गरे ……………………
(स्रोत : Milankosansar)