~पृथु कठेत~
न तिम्रो अगाडि झुकियो
न झुकिन्छौ
न झुकिने नै छौ।
तिम्रो प्रलोभन ले कहिले आफ्नो स्वाभिमान गुमाएनौ
न गुमाउने नै छौ।
तिम्रो आफ्नो देश हैन
तिम्रो आफ्नो साझा सम्पती पनि हैन
यो त एउटा ४ जात ३६ वर्ण को साझा फुलबारी हो।
न त हामीले भिख माग्यौ
हामी ले आफ्नो श्रम ले कमाएको धन ले
किनेर खान खोज्दै छौँ
हामी लाई आफ्नो बश मा पार्न नखोज
सबैको दिन आउँछ हेर छिमेकी
हाम्रै ठाउँ मिचेर आफ्नो देशलाई ठूलो बनायौ
हाम्रै नागरिक लगेर आफ्नो देश को मान्छे बनायौ
हाम्रै सम्पत्ति ले आफ्नो देश को बिकास गरिरहेको छौ
हामी लाई कन्ट्रोल गर्न नखोज
तिमी सङ झुकिने छैन
चाहे किन भोकै मर्न नपरोस
चाहे किन माटो खान नपरोस
तर
पुर्खा ले दिएको वचन तोडिने छैन
न कहिले तिम्रो खाचो पर्छ भनेर
तिमी सङ झुक्न आइन्छ
लद्दैछौँ
संघर्ष गर्दैछौं
आफ्नो खुट्टामा जरुर उभिन्छौँ
एक दिन देख्नेछौ
तिम्रै अगाडि
तिम्रो भन्दा १० गुना बढी बिकास भएको
तर
तिमिले जस्तो अन्याय गरिन्न
सहयोग माग्न आयौ भने
खालि हात पनि पठाइन्न
तर
एउटा छिमेकी अप्ठ्यारोमा परेको बेला
सहयोग गर्नु त कता हो कता
उल्टै अप्ठ्यारोमा पार्दिने
कस्तो निर्दयी
हे भारत!
कति सम्म स्वार्थी
हे भारत!
डलर त दिएकै थियौ
कुनै नेपाली ले सित्तै त खाएको थिएन होला
तर अब खाइन्न तिम्रो कुह्या चामल
माजिन्न सडेको मन्जन ले दात
प्रयोग गरिन्न तिम्रो पेट्रोल, डिजेल
आफ्नै सम्पदा हरु लाई प्रयोग मा ल्याइन्छ
अनि बनिन्छ एक कर्मठ नेपाली।
(स्रोत : Janaboli )