बाहिरी त्यो रङ्गरुपको मात चाहिदैन।
मायामा वाचाकसमको खात चाहिदैन।
सम्झिराखे हुन्छ,मनभित्र देउतालाई,
चढाउन उसलाई फूल-पात चाहिदैन।
बनपाखालाई रातो,गुरास भये पुग्छ,
इन्द्रेणिको जस्तो रङ्ग सात चाहिदैन।
काफी छ माया लाउन,नजरको ईशारा,
एकान्तमा सुनाउन बात चाहिदैन।
गाढा हुन्छ पिरती भवरा र फूलको,
गास्नलाई साईनो एकै जात चाहिदैन।
प्रेम कसैको निम्ती,खेल नै हुन्छ भने,
जित्न यसमा घात-प्रतिघात चाहिदैन।
संसारै छ उज्यालो,भित्री आँखा खोले,
उदाउनलाई जुन सधैं रात चाहिदैन।
रातमा पनि आज,ज्योतिपुञ्ज बल्छ,
सुरुवात हुन नयाँ प्रभात चाहिदैन।
बाहिरी त्यो रङ्गरुपको मात चाहिदैन।
मायामा वाचाकसमको खात चाहिदैन
(स्रोत : नेपाली गजल गुगल ग्रुप )