~चित्रकुमार गुरुङ~
मेरो विश्वास
बालुवाको पर्खाल
तिम्रो कसम ।
मन नै त हो
गरिबको सम्पत्ति
कति हो कति ।
असल मित्र
बस्दछ दिलभित्र
कति पवित्र ।
साउने झरी
विधवाको सिउँदो
भिजेको मन ।
मन्को सवारी
हुँइकाउने इच्छा
रित्तो सडक ।
माछापुच्छ«े, कास्की
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.