~रन्जना कार्की~
म यति सक्क्षम हुदाहुँदै
परनिर्भर भएर
मलाई असफल आमा बनायौ।
मेरो अस्तित्व र अस्मिता
आफ्नो ब्याक्तिगत स्वार्थ पुर्तिका लागि छिमेकीलाई चढायौ ।।
भोग अब यो सब कर्तुतको दोषी
तिमीहरूनै हो ।
अब पनि आँखा खोलेनौ भने
अब आउने पुस्ताले गद्दार भनेर चिन्ने भो।।
बानी परिसकेका तिमीहरू
अब दलाली बन्न छाड्नै पर्छ ।
सक्दैनौंभने देशको बाग्डोर सम्हाल्न
छाडी देउ नयाँ पुस्तामा मलाई धेरै आश छ ।।
मिलेर जाउ आफ्नालाइ मिलाउ
छिमेकिको तेसै तालु सुक्छ ।
आँखा न तर छिमेकीलाई पनि
भोलि अमेरिका छिमेकी हुन कहाँ आउछ।।
कुरा मिलाउने र बिगार्नेमा
प्रेस स्वतन्त्रता पाएकाहरुको पनि ठुलो हात छ।
आमाको मेरुदण्ड भएर कसैको चम्चागिरि गरि
मेरै छातिमाथी कुल्चिन कुन धर्मले दिन्छ ।।
जाग जुट उठ अँध्यारोलाई चिर
अगाडि बड्ने सहि समय आएको छ।
नबुज्नेलाइ बुझाउ स्वाभिमान बन
अनि मात्र इतिहासले तिमीहरूलाई सम्झने छ।।
(स्रोत : Janaboli )