मान्छेमा आजकाल विचार बदलिन्छ
हुँदा र नहुँदामा डकार बदलिन्छ
आफ्नो जीवनमा राजकुमार फेर्दै जाँदा
भगवानको घाँटीमा झैं हार बदलिन्छ
विश्वासघाती तिमी , नियति खराब पछि
मान्छेहरूमा त्यसैले त प्यार बदलिन्छ
माया – प्रिति बजार भो , यो कस्तो समय भो
हेर्नोस् त हाट – बजारमा , व्यापार बदलिन्छ
मान्छे उही नै हो , विचार किन बदलिन्छ
समयले कोल्टे फेर्दा , संसार बदलिन्छ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: गजल : विचार बदलिन्छ | swamisubashchandra