~केशब फुयाँल~
उठ जाग जान्नेहरु, सिकाउनलाई उठ ।
जान्नेहरु उठ जाग, सिकाउनलाई उठ ।।
बुझेर ज्ञान सल्काउन, आगो भई उठ ।।।
उठ जाग हो…. उठ जाग हो….
भरेभोली भन्ने कुरा हुँदै गर्छ होला ।
आयो बाढी बग्यो खोला खेर जान्छ होला ।।
छेक–बाँध।।… छेक–बाँध।।…
युवा जति छिरी सके अर्कै देशतिर ।
श्रमजीवी हातहरु जानु हुन्न खेर ।।
छेक–बाँध।।… छेक–बाँध।।…
अस्तित्वको लडाई अब लड्न बाँकी छ र !
आफै उठौ अब हामि कस्को भर छ र !!
उठ जाग जान्नेहरु, सिकाउनलाई उठ ।
जान्नेहरु उठ जाग, सिकाउनलाई उठ ।।
बुझेर ज्ञान सल्काउन, आगो भई उठ ।।।
उठ जाग हो…. उठ जाग हो….
(स्रोत : Janaboli )