~ज्ञानुवाकर पौडेल~
ठट्टैठट्टामा कस्तो यो प्यार भयो होला
खेलखेलमै त्रि्रो शिकार भयो होला ।
फुट्यो होला पहिले त संयमको बाँध
सानो सियो अनि तरबार भयो होला ।
पारेर छियाछिया मेरो यो मुटुलाई
बाँडिलिने कति तयार भयो होला ।
म त पुजारी केवल मोहक त्यो रूपको
कलुषित बरू त्रि्रै विचार भयो होला ।
हुनै नपाइ सुरु आज उज्यालोको चर्चा
रातको कालिमा कहाँ फरार भयो होला ।
लुटिएपछि इज्जत दिउँसै चेलीको यहाँ
बदनाम किन नाहकमा अन्धकार भयो होला ।
(स्रोत : Janaboli )