———————
म त सजीव प्राणी हुँ
काटे रगत आउँछ अनि दुख्छ
म साँच्चै नै जीवित हुँ
किनभने, मेरो आत्मा सक्रिय छ
मन कहाँ-कहाँ कता-कता डुल्न पुग्छ
कहिले धर्तीमा, त कहिले आकाशमा
कहिले सूर्यमा, त कहिले चन्द्रमामा
म आफ्नो दिन-चर्यामा लिप्त छु
आफ्नो काम प्रति उतरदायी छु
एउटा प्रश्न मगजमा खेल्द्छ
मस्तिष्कलाई फनफनी घुमाउँद्छ
के म अनुशासित छु त ?
के संसारका सबै सजीव प्राणीहरू
अनुशासित छन् त ?
यस्तै गहिरा तथा अनौठा प्रश्नहरू
मनको तालमा आएर खल्बलिन्छन्
आखिरमा के हो यो ?
भनेर कल्पनातीत हुन्छु
सोच्दछु, खोतल्दछु
सत्य तथ्य बुझ्ने प्रयत्न गर्छु
————————
सूर्यलाई हेरौ त
सजीव हो कि निर्जीव ?
जे भए पनि
सूर्य त सधै अनुशासित हुन्छ
नियम नतोडिकन हिड्छ
कसरी त ?
सधै बिहानको बेलामा
पूर्वमा नै उदाउँदछ र
सधै बेलुकाको बखतमा
पश्चिममा नै अस्ताउँदछ
दिशा परिवर्तन कहिल्यै गरेको छैन
ब्रहमाण्डको सृष्टी काल देखि नै
उदाउँदै र अस्ताउँदै आएको छ
साथै प्रकाश र घाम दिन रोकेको छैन
कति अनुशासित ?
————————
त्यस्तै कहिले
चन्द्रमाको बारेमा सोच्न पुग्छु
सृष्टिकाल देखि अहिले सम्म
नरूकिकन, नसुतिकन
पृथ्वीको परिक्रमामा जुटेकै छ
कति अनुशासित ?
————————
त्यस्तै कहिले
हामी बस्ने बिशाल घर
धर्ती आमाको बारेमा सोच्दछु
मनमा कुरा खेलाउँदछु
ब्रहामाण्डको सृजना काल देखि
पृथ्वी अहिले सम्मन पनि
सूर्यकै वरिपरि
आफ्नै बिशिष्ट तालमा
नथाकिकन, नरोकिकन
नाच्दै र घुम्दै आएको छ
कति अनुशासित ?
————————
पृथ्वी हाम्रो महतारी
अनि उनको काँखमा
हामी सबै उनका सन्ततिहरू
कति अनुशासित ?
आफै छुट्याउने कुरा हो
किनभने,
अनुशासनले ब्रहामाण्ड
चलायमान भएको छ
प्रकृतीमा साँस ताजा छ
अनि जीवित छ
————————
तर हामी मानव जाति
सजीव प्राणी हौ, निर्जीव होइनौ
कति अनुशासित ?
देश हाँक्ने नेता तथा नेतृहरू
कति अनुशासित ?
सरकारीयन्त्र, कति अनुशासित ?
त्यस्तै,
मुलुकका गहना हामी जनताहरू
कति अनुशासित ?
किन भन्दा,
अनुशासन घरको बलियो जग हो
देशको नसामा बग्ने रगत हो
अनुशासनले गर्दा
देशले बिकासको साँस फेर्दछ
मुलुकमा शान्तिको स्थापना हुन्छ
सदभावको सुगन्ध कुना काप्चामा फैलिन्छ
राष्ट्रको एउटा छुट्टै पहिचान बन्छ
जन्मभूमी हाँस्छ
कर्मभूमी मुस्कुराउँछ
देशबासीहरू स्मृद्धी र
समुन्नतिको दीयो बाल्दछन्
जय देश, जय नेपाल, जय नेपाल आमा
– Onic Agyat, Kathmandu
– २०७२-७-२९ (2015, November 15)
– Jiwan Yatrama (Facebook Page)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )