समय: विगतले चिमोटिरहँदा
स्थान: सन्नाटा भित्रको कोलाहलमा
प्रिय वर्षा,
उत्तर फर्काउँनु उचित थियो या अनुचित थियो तिम्रो पत्रको, त्यो त जाँन्दिन म किन्तुमनमा उब्जेका अनेकन भावहरुलाई कुण्ठित बनाउँनु हुन्न भन्ने लागेर तिम्रो नाममा यो पत्र कोर्दैछु, सायद यो नै पहिलो र अन्तिम होला म बाट तिम्रो नामको पत्र। पहिलो यसकारणले कि मैले तिमिलाई कहिल्यै पत्र लेख्नु परेन, पत्र लेख्ने स्थिती नै सिर्जना भएन हिजोका दिनमा अनि अन्तिम यसर्थ कि अब उपरान्त तिमी भनेर मेरो कलमले कागजका पन्नाहरु कदापी पोत्नेछैन। तिमिले पनि अब मेरो नाममा कुनै त्यस्तो पत्र लेख्ने छैनौ भनेर थाहा छ मलाई।
तिम्रो विवाहको अघिल्लो रातमा लेखिएको पत्र नै अन्तिम थियो मेरो लागि। मैले जगेडा गरेर राख्नुपर्थो त्यो पत्र तिम्रो अन्तिम चिनो सम्झेर तर जोगाउँन सकिँन माफी चहान्छु त्यसका लागि। जोगाउँन सकिँन भन्दा पनि जानेरै जोगाईन कारण मलाई त्यो पत्र तिम्रो चिनोको रुपमा आवश्यक नै थिएन। चिनो त सजिव पो हुनुपर्छ जो जिउँन सक्ने होस आँफै अनि जसले आफ्नो उपस्थितिको महशुस गराउँन सकोस हरप्रहर। सजिव चिनो त कत्ती छ छ नि म सँग अनि त्यो नाथे निर्जीव चिट्ठीको के अर्थ रह्यो र? त्यसैले पढेकै दिन फ्यालिदिएँ अर्थहिन ठानेर। सबै चिट्ठी याद नभए पनि केही अंशहरु म कहिल्यै भुल्न सक्दिँन वर्षा। तिमिले त्यो पत्रको उठान अस्वभाविक रुपमा गरेकी थियौ बिना संबोधन नै। भनेकी थियौ कि तिमिसँग मेरा लागि गर्ने कुनै संबोधन नै छैन भनेर। तर मैले आज तिमिलाई सहज संबोधन गरेँ तिम्रो नामले। मैले तिमिलाई कहिल्यै तिम्रो नामले बोलाईन वर्षा , कारण हिजोका दिनमा कैयौं यस्ता शब्दहरु थिए जुन म तिमिलाई बोलाउँदा प्रयोग गर्थिएँ, मलाई तिम्रो नाम भन्दा पनि ती शब्दहरु मीठा लाग्थिए। आज पुन: ती शब्दहरु प्रयोग गर्न नखोजेको पनि होईन तर कताकता ती शब्दहरु मलाई कृत्रिम अनि निर्जीव लाग्यो। त्यसैले जीवनमा पहिलोपल्ट नामले बोलाउँदै छु वर्षा। अनौठो लाग्दो रहेछ कहिल्यै नामले नबोलाएको मान्छेलाई नामले बोलाउँदा। पराईजस्तै भान हुँदोरहेछ…..आखिर पराई त हौ नि तिमी पनि मेरा लागि हिजोका दिनमा नभएपनि आजको दिनमा सहि।
अब त कतिपय कागजातमा तिमिले आफ्नो फेरिएको थर लेख्न पनि थालिसक्यौ होला। अब कहाँ तिमी वर्षा क्षेत्री रह्यौ र भनेको। साच्चै भन्नुपर्दा म तिमिलाई कुनै पत्र लेख्ने मनस्थितिमा थिईन तर परिस्थितिले यस्तो विरोधाभास अवस्था सिर्जना गर्यो कि जुन चिजको निकास नगरिकन मलाई सुखै थिएन। तिमिलाई पत्र कोर्नुको एकमात्र कारण थियो र त्यो कारण हो प्रतिष्ठा कोईरालासँगको मेरो अप्रत्याशित भेट। विवाहको अघिल्लो रातमा लेखिएको पत्रको भाव र तिमिमार्फत आएकी प्रतिष्ठा कोईरालाको बोलीबिच निकै नै भेद थियो। हुनत तिमिले मलाई त्यो चिट्ठी लेखिरहँदा तिमी म बाट टाढा भएपनी अरु कसैको भै’सकेकी थिईनौ। यसर्थ तिमिले लेखेका ती प्रत्येक शब्द कतै न कतै मेरा लागि समर्पित थिए केहि हदसम्म तर अहिले त तिमी पुर्ण रुपमा अरुको भै’सकेकी छौ, शारिरिक अनि मानसिक रुपमा। अब तिम्रा हरेक सोचाईको धरातल तिम्रो पति हुनेछ, यो कुरा मलाई प्रष्ट थाहा छ। अनि मैले किताब लेख्दैछु हाम्रो प्रेमकथाको भन्ने कुरा तिमिलाई पहिले पनि थाहा थियो तिम्रो विवाहपुर्व तर कुनै आपत्ती थिएन तिमिलाई त्यसबखत।
जब विवाह गर्यौ अनि तिमिलाई मेरो किताब लेख्ने इच्छाले गार्हो बनायो कारण तिमिसँग अब तिम्रो पतिको र उसको परिवारको इज्जतको बागडोर थमाइएको छ अनि तिमिलाई आफुले पतिसामु लुकाएको विगत खुल्ने डरले बिथोल्यो। म बुझ्छु वर्षा तिम्रो मानसिक स्थितीको भय, कुनै गल्ती छैन त्यसमा तिम्रो। स्वभाविक छ तिम्रो यो तनाब तर दुख के मा मात्र लाग्यो भने तिमिले मलाई कहिल्यै चिनेकै रहेनछौ वर्षा। कसरी सोच्न सक्यौ कि तिम्रो खुशी दाम्पत्य जीवनमा म आगो लाउँन आउँछु भनेर? अझै धेरै लेख्थेँ होला तर भो लेख्दिन। तिमिले पराई बनाइसक्दा म चाहिँ तिमी मेरो भनेर कसरी बस्न सक्छु र? तिमी खुशी रहनु वर्षा सदासदा। अब भेट हुँदा म लेखक हुनेछु अनि तिमी पाठक अनि कथा हाम्रै हुनेछ। चिन्ता नगर म मेरो कथालाई काल्पनिक भनेर भनिदिनेछु। प्रतिक्षा गर्नु त्यो किताबको……तिमिलाई writers copy पठाउँनेछु यो वाचा भो मेरो।
(स्रोत : Koribati)