जब म्याद बिते पछी तिमि आयौ सहमतिमा ,
बाँडी चुँडी मन्त्रि खान तिमि धायौ सहमतिमा ||
भाका हाली लेग्रो तानी आशा दियौ संबिधानको ,
जसो तसो नेता तिमि भता खायौ सहमतिमा ||
चैत मास खडेरीमा भोकमरी लग्यो भन्छन ,
आफ्नै स्वार्थ पूर्ति गर्न गाना गायौ सहमतिमा ||
आज भोलि भन्दा भन्दै चार साल हुन लग्यो है ,
भन्दै नयाँ सरकार बिल्ला लायौ सहमतिमा ||
गाउँ गाउँ बस्ति बस्ति सहकारी आयो भाषण ,
मिलि जुली बाँडी खाने निउँ पायौ सहमतिमा ||
जब म्याद बिते पछी तिमि आयौ सहमतिमा ,
बाँडी चुँडी मन्त्रि खान तिमि धायौ सहमतिमा ||
संजय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली
(स्रोत : sathisangamankakura )