~भ्लादीमिर सोलोभ्योभ~
अनु. कृष्णप्रकाश श्रेष्ठ.
सुदूरको स्वर निर्झरणीको
घन्क्यो वनको पल्तिरबाट ।
बग्दछ शान्त र सुमधुर हावा
नभको मधुरो मिर्मिरबाट ।।
मात्र वायुको गुम्बज सेतो,
मात्र स्निग्ध सपना धरतीको …
मनको ताप शान्त स्वतः भो,
सारा चिन्ता हट्यो हृदयको ।।
वातावरण छ शान्त र स्थीर,
सारा सपनामा भो लीन ।
सुदूरको स्वर निर्भmरणीको
सन्नाटामा गर्दछ गुञ्जन ।।
डिसम्बर १८९४
(रुसी कविताको नेपाली अनुवाद) – रजतयुगका रुसी कवि भ्लादीमिर सोलोभ्योभ(ई.सं. १८५३ ः १९००)
(स्रोत : Freenepal)