सम्हालेर नराखे आफ्नै आँखाबाट झर्छ कि जिन्दगी
आफन्तलाई नै नचिनेर दोबाटोमा पर्छ कि जिन्दगी
फूलको जस्तो पत्र-पत्र जिन्दगीको धेरै ब्यथा भन्छन्
सुख दु:ख घाम-छायाँ यो जिन्दगानीको कथा भन्छन्
आँफैले नथामेर अन्त कतै आँफै बाट सर्छ कि जिन्दगी
सम्हालेर नराखे आफ्नै आँखाबाट झर्छ कि जिन्दगी
चूपचाप लागि लाटो भन्छन् यहाँ सबै दुनियाँले
आफ्नै बाटो छोट्याउनलेलाई के के भन्छन् दुनियाँले
हिंड्दा हिँड्दै यतै कतै भीरबाट लड्छ कि जिन्दगी
सम्हालेर नराखे आफ्नै आँखाबाट झर्छ कि जिन्दगी
सम्हालेर नराखे आफ्नै आँखाबाट झर्छ कि जिन्दगी
आफन्तलाई नै नचिनेर दोबाटोमा पर्छ कि जिन्दगी
(स्रोत : Satakosahitya)