~राम प्रसाद पोखरेल~
अति गली ओछ्यानमा ढली
लामो निद्रा कति पर्यो
पहिलो प्रहर न बिती
सारा संसार हल्ला चल्यो
आयो आयो अब आयो
स्वतन्त्रता अब फेरी जाग्यो ।
सबैले बोले मनका भाखा
चरैतिर नयां लहर
नेपालभरी गल्ली गल्ली
प्रजातन्त्रको सबलाई खबर ।
बले बत्ती सांझ सबमा
फुक्दै शंख धुनी
नेपालीले नेपालमा
ल्यायो प्रजातन्त्र भनी ।
ज¨ल बस्ने ज¨लीलाई
मानव समाज के थाहा?
प्रवास बस्ने प्रवासीलाई
स्वदेश प्रति के चाहा ?
केवल थियो झिनो आसा
सत्ता शासन आप्mनो कब्जा
थोरै होस् त के भोर
घुम्ने कुर्सीमा कस्तो मजा ।
ज्ञान छैन तिमी बिच
भन्ने यहां भनी रहन्छ
काग कराएर के भो र
पीना यहां सुिकरहन्छ ।
कुर्सी भन्दा राष्ट््र प्यारो
भन्न सोच्न यिनलाई गाह्रो
फर्की हेर गाउं भन्दा
शिर झुकाउन कति गाह्रो ।
सबले सदा भन्न थाले
अब भयो अति
घुम्ने कुर्सी घुमाई घुमाई
ज्नता मार्छौ कति ।
तिम्रो पछि लाग्न थाले
अरु स्वार्थी कति
नेपालीले नेपालीलाई
मार्न थाले कति ।
तिमी केवल एक्लै छौ
किर्ना बन्छौ कति
पेट तिम्रो नफुटुन्जेल
हेर्दैनौ कि फर्कि ।
राष्ट्र डुब्यो जनता डुबे
जन्मदै ऋण कति
एक तिम्रो अटेरीले
सन्तान मरे कति ।
तिमीलाई चिन्ने तिम्रा भक्त
गईसके सती
देश र जनताको भलाईलाई
फर्काईदेउ मती ।
आमा बाबु दाजु भाइ
असाहाय भए कति
नेपाल्ँीले नेपालमा
पार्न पुगे खति ।
जे हुनुथ्यो भैगयो
अब अति भयो
नेपालीले नेपालीको
ठूलो खति भयो ।
साचौं अब फर्किउं पछि
अब अति भयो
नेपालीले नेपालीको
ठूलो खति भयो ।
रोकौं अब हिंसा हत्या
ठूलो खति भयो
नेपालीले नेपालीलाई
अब अति भयो ।
राम प्रसाद पोखरेल
साहित्य समाज बारा (सिमरा)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )