~मदन दुलाल~
एकलब्यको औँठा झैँ काटीयो जिन्दगी
सुरा सुन्दरीको मोहमा जाकीयो जिन्दगी ।।१
जिर्ण मानसिकताले सँधै उचाल्यो पछार्यो
ठर्रा सोमरसको स्वादमा तातीयो जिन्दगी।।२
बैँशालु यो शहरमा जोसमा होस गुमाएर
यौन मृगतृष्णामा यसै भासीयो जिन्दगी।।३
अपुर्ण चेतना र अबिकसीत गिदीलाई
सोध्नाले हरदिन हरक्षण ताछीयो जिन्दगी।। ४
– मदन दुलाल
ललाई,भूटान
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )