पलाँस फूल हाँस्दै टिपेर जाऊ भन्छे |
गुलाब मच्ची मच्ची म संगै आऊ भन्छे ||
चमेली ठुस्स पर्दै गम्किन्छे मग्ग मग्ग |
गुराँस मख्ख पर्दै मेरै पो नाउँ भन्छे ||
जाई र जुही मिलि गोधुली पर्ख भन्दा,
बेलीले लहराई हृदय छाउ भन्छे ||
मालती मन भरि छाएर फुल्छे अरे |
शिरिष हल्ली हल्ली लौ-गीत गाउ भन्छे ||
मख्मली दङ्ग पर्दै गलैमा झुन्डिएकी |
बाबरी गम्की गम्की पिरती लाउ भन्छे | |
(स्रोत : Satakosahitya)