कुन खेलको कुरा गरौं, सबै खेल हारेको छु!
भित्र-भित्रै आफुलाई सयौं पल्ट मारेको छु !!
एस्तै भयो जिन्दगीको परिभाषा नजानेर !
आफुलाई दिन दिनै टुक्रा टुक्रा पारेको छु !!
साथ छुट्यो मायालुको एक्लै रुन्छु बेहोशिमा!
आँसु संगै मेरा सबै खुशिहरु तारेको छु !!
कस्तो हुन्छ हार्नु पर्दा हार्नेलाई थाहा हुन्छ
भुल्न भनि पीडा सबै रनबन चारेको छु !!
माया प्रेम जाली रै छ कुरा अब गर्दिन भो !
दर्हो पारि मन मैले अन्त कतै सारेको छु!!
(स्रोत : sathisangamankakura )