~डिल्लीप्रसाद खरेल~
मुटुका यि पाना भरि लेखे जिन्दगीलाई,
हरेक प्रहर सपनिमा देखे जिन्दगीलाई|
घाऊ थियो छाती भरि मनमा उस्तै पिडा,
जन तन समालेर राखे जिन्दगीलाई|
गाँस बास कपासको चाह.. राखी मैले ,
स्वार्थी बस्ने शहरमा बेचे जिन्दगीलाई|
सयौँ खोला घुम्ती हरु पार गर्दै आज ,
यति टाढा रेगिस्तानमा भेटे जिन्दगीलाई|
परिश्रम र पसिनाको सागर भित्र डुबी ,
सारंगीको तार सरि रेटे जिन्दगीलाई |
(स्रोत : Janaboli )