त्यो,
रकेट लन्चर
र,
हाम्रो,
राजधानी-रोल्पा
कम्मर मा,
अल्बर्ट आइन्स्टाइन बोकेर
हामीलेे,
छाती मा ‘माइन’ बीच्छायौ
अनी,
धराप बनेर,
उभीयौ राजमार्ग मा
हत्केला मा,
हीरोसीमा-नागासाकी उचालेर
हामी
हीटलर भयौ
अनी,
बीस्फोट भयौ
प्राय हरेक-रात
उफ आमा !
त्यो,
नाइल नदी झै बगेको
रातो-रगत नसेेलाउदै
हामी,
राजीनामा दीयौ
आफ्नै जीन्दगी को
र
सहीछाप गर्यौ
मीर्त्यू-पत्र मा
सपना खरानी नभई
सहादत जन्मने
फेरी,
नया अर्को रात
धर्ती-आकाश जोडेर
हामी,
लडीरहेको ‘बन’ लाई
बोलीभीया सम्झेर-बलीदानी गर्यौ
अनी,
खाल्डो खन्यौ- ‘खरबारी’ मा
हामीले चाङ्ग लगाएका
सयौ चे ग्वयभरा का खप्पर हरू
हजारौ लेलीन का कंगाल हरू
सायद,
रूदा रूदै हास्ने भन्ने
त्यही थीयो
हास्दा हास्दै रूने भन्ने
त्यही थीयो |
पहाड फोर्ने
हाम्रो,
एट्टी वान
अनी,
पत्थर झै ‘कडा’
त्यो लाल-जवान
आजकल उ,
काठमान्डौ मा ‘भीख’ माग्छ
र,
आत्म समरपण गराउछ
आफ्नै-‘आमा’ लाई
हामीले,
दीमाख मा ‘मोटार’ जडान गरेर
बटन दबाउने खल्ती मा
अचेल उ,
डलर संगाल्छ
र,
डराउछ बीरालो संग
ए ! गद्दार हरू
हामी त ‘बाघ’ थीयौ
बीरालो कसरी भयौ ??
हामी त ‘आगो’ थीयौ
कोइला कसरी भयौ ??
ढाड मा टेक्ने भन्ने
वा
टाउको मा हान्ने भन्ने
क ेयही थीयो ?
हामीले,
राइफलको-‘सीरानी’ हालेर
सीरक बनायौ
रीत्तो-आकाश लाई
र,
आखा मा सजायौ
नया -आशा
हाम्रो,
आधार ईलका
अनी,
पाइतला मा काटी रोपेर
रचना गरेको लाल कील्ला
कीन भत्कायौ कमरेड ?
त्यो,
फ्लोरेन्स नाईटेङ्गल को मलम
र
हाम्रो नीको नबन्ने
गघीरो घाइते-छाती
कारागारको कालकोठरी झै
कीन सजाय गरीयो
सीमान्त-सपना लाई ?
कस्तो भागबणड भयो
अनी,
हीसाब कीताब गरीयो ?
नाफा को जीन्दगी लाई ??
कारण बताईदेउ कमरेड !
नीरन्तरता मा,
क्रम भंगता यही थीयो
वा,
छलांग भनेको हो ?
हाम्रो,
ग्रेटवाल झै लामो-यात्रा अनी,
नाफा मा बाचेको
यो छोटो-जीबन
अचानक !
बर्लीन को पर्खाल झै
गरलाम्म ढले पछी
आजकल,
हीमाल मा ‘हीउ’ पग्लदैन
र,
घाम उदाउ दैन-पूर्ब बाट
तर पनी,
रोकीएको छैन
हावा को-बेग
र
रकेट को गती !
हामी,
इतीहास को यो उडान मा
फेरी पनी रकेट बनेका छौ
र
बोकेका छौ
बोकेका -झणडा ओ !
मूर्ख पाइलट !
016/01/014
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )