~कृष्ण प्र. पाण्डे~
म उसको शहरको हुँ निवासी अझै
आउँछ रे ! लीइ चिट्ठी त्यो हुलाकी अझै
ति आँखामा मैले पढें अनुराग मात्र
म जान्दिन त्यो भन्दा क्यै छु किताबी अझै
मन्द मन्द त्यो सुगन्ध लीइ आउने हावा
कान सामू साउती गर्छ ऊ गफाडी अझै
अरु कुनै कल्पनामा डुबि हाले पनि
त्यै पूरानो प्रेमरोगी छ उपाधी अझै
हुँ उसको , ऊ हो मेरो सधैंभरिलाई
टुंगिएको कहाँ छ र ! यो कहानी अझै
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )