भो अब म,
प्रेमको कविता लेख्दिन
आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै
भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै
मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ |
भो अब म,
कुनै खुशीको गित गाउदिन
यो मनले चलाई नपाई शब्द बेचिएछ
जिन्दगीले थाहा नपाइ संगीत बिक्रि भएछ
जूनको बद्नाम गुन्गुनाउनेले लय चोरी गएछ
दुर्गन्ध बोक्ने बताससंग कोरस लहराएछ
भो अब म,
जूनसंग उज्यालो माग्दिन
बरु स्वयं जलेर रातलाई ‘जीवन’ पढाउछु
आफ्नै आँखाहरुबाट तप्किने शीतलहरसंग
तप्किएर……….जीवनको घाम-पानीले
उदास मनको बलेसीमा एउटा रंगिन इन्द्रेणी कोर्छु
फूलहरुको पहाड कुल्ची जाने पदयात्रीले
दूर क्षितिजबाट पनि देख्न सक्ने
आस्थाको देउराली बनाएर मर्छु बरु !
भो अब म,
प्रेमको कविता लेख्दिन
कुनै खुशीको गित गाउदिन
जूनसंग उज्यालो माग्दिन !!!
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)