~डा रविन्द्र समीर~
टाउको नेपाल, एउटा हात कर्णाली तथा अर्को हात लिम्बुवान क्षेत्र, छाती एवम् पेट पहाड र खुट्टा तराई मधेस भएको सबलाङ्ग नेपालको जीवनमा आँधीबेहरी आयो ।
खुट्टा विना नेपाल कसरी उभिदोरहेछ, हामी पनि हेछौँ – दक्षिणबाट एक झोँका बतास आयो ।
मुटु, फोक्सो, कलेजो, मृगौलाविना नेपाल कसरी बाँच्दो रहेछ, हामी पनि हेछौँ – पहाडबाट एउटा तूफान आयो ।a
हातविना नेपालले कसरी पेट पाल्दो रहेछ, हामी पनि हेछौँ –कर्णाली तथा पूर्वी पहाडबाट आँघीपूर्वको आभास आयो ।
टाउकोविना नेपाल कति सेकेण्ड बाँच्दो रहेछ, हामी पनि हेछौँ – हिमालबाट सिरेटो आयो ।
सबलाङ्ग शरीरका अङ्ग प्रत्यङ्गहरुमा विभाजनको बीऊ रोपियो, एकले अर्कोलाई प्रतिस्पर्धी एवम् विरोधी देख्न थाले ।
थपडी बजाउने, धाप मार्ने र आप्mनो स्वार्थ भजाउनेको मादलको तालमा नाच्दा खुट्टा काटियो, हात काटिए, टाउको छिनियो । क्षणभरमै दर्जनौँ गिद्दहरुले टुक्रिएका प्राणविहिन अङ्गहरुलाई स्वाद मानीमानी लुछ्न थाले अनि डकार्दै चिच्चाएर भने – आत्मनिर्णयको अधिकार सहितको संघीयता जिन्दावाद ।
(स्रोत : डा रविन्द्र समिरको फेस्बुकबाट )