दुख्ख बिरह थियो लालुपाते फूल
गोर्खाली लडाइ देखेको थियो लालुपाते फूल
सँझनामा फुलीदिने तिम्रो त्यो रूप
बिर सहिदको रगत थियो लालुपाते फूल
केही बिबशता थियो पूर्खाहरूको
बिजयको प्रतिक थियो लालुपाते फूल
सम्झनामा युगौ देखी फुल्दैछ लालुपाते फूल
मलया देखी लाहुरे संग नेपाल आयौ
डाँडा काँडा ढकमक्क फुल्ने लालुपाते फूल
पहिले नेपालमा थिएन रहेछ लालुपाते फूल
प्रथम बिश्व यूध्द पछी नेपाल आयौ लालुपाते
कतै गह भिजाई कतै ईतीहाँस बोकी
यसरीनै फूल्दैछ लालुपाते फूल !
– राज थापा
आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )