गजल : भरिभरी

~डा सुरेश ज्योतिपुञ्ज~Jyotipunja Suresh

सिरमा लाग्दा कालो बादल छाना भरिभरी।
देशको कथा लेख्ने को छ पाना भरिभरी।

पराइकै भरमा खाने ठुलै दाउ रे हजुरको,
पाउनु भो पोल्टामा कति दाना भरिभरि।

सुनकै थाली हजुर महलमा बस्नेलाई,
छैन कसैलाई एक पट खाना भरिभरी।

सुन्छ कहाँ शहरले,ब्यथा पाखा-मैदानको,
गाउँ बस्ती जले कती सिमाना भरिभरी।

कहिले गाउने एउटै सुरतालमा मिलेर,
थाँती नै छ नयाँ गजलगाना भरिभरी।

झिल्का झिल्का मिल्दा उज्यालो आखिरीमा,
आकाशमा छन जुन- तारा साना भरिभरी।

बोले पाप हुन्छ यहाँ, सत्य साचो कुरा,
अपवाद यो ज्योतिपुञ्ज जमाना भरिभरी।

सिरमा लाग्दा कालो बादल छाना भरिभरी।
देशको कथा लेख्ने को छ पाना भरिभरी।

(स्रोत : नेपाली गजल गुगल ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.