अाफ्नै अामाको अाज बलत्कार हुदैछ यहाँ
नेपालीबाटै नेपाली बहिस्कार हुदैछ यहाँ ।
कस्तो अचम्मको कहानी सुन्दैमा लाज छ
मदेशबाट पहाडी तिरस्कार हुदैछ यहाँ ।
नेपालीको पिडामा हास्ने भारतीय विस्तारवादीको
पीडा माथि पीडा थप्ने व्यवहार हुदैछ यहा ।
नेपालको छातीमा टेकेर विद्रोह गरिरहदा
सभामा जातीय युद्धको प्रचार हुदैछ यहाँ ।
राजनीतिक यात्रा गलत भएछ देशमा
मरेको देशीबाटै किन अस्वीकार हुदैछ यहाँ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )